धरान  / डव्लुडव्लुजी (वुमन्स वर्थ ग्रुप) द्धारा विहिवार आयोजित मिसेस स्टेट २०२५ सिजन थ्री काेशी प्रदेशको उपाधी अञ्जु गुरुङ्गले जित्नु भएको छ । 

अन्जुले १७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिसेस स्टेटको उपाधी हात पार्नु भएको हो । उपाधीसँगै मिसेस व्युटिफुल र  वेस्ट स्माइल टाइटल अवार्ड समेत उहाँले जित्नु भयो । विजेता क्राउनसहित नगद ५१ हजार रुपैया, ट्रफी, गिप्ट ह्याम्पर र एक वर्षको सूर्य ज्योति लाइफ इन्सुरेन्स बाट विमा प्राप्त गर्नु भएको छ । मिसेस स्टेट सिजन २ का विजेता पुष्पा फोम्वो र मुख्य निर्णायक पूर्व मिस नेपाल उषा खड्गीले ताज पहराई दिनु भयो । 

यसैगरी फस्ट रनरअप ममता साह घोषित हुनु भयो ।  उहाँले क्राउन, ट्रफी र नगद २५ हजार पाउनु भएको छ । प्रतियोगिताको सेकेन्ड रनरअप सुनिता श्रेष्ठ घोषित हुँदा नगद १५ हजार र गिप्ट ह्याम्पर प्राप्त गर्नु भयो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम दाहाल, कार्यक्रमका अध्यक्ष वुमन्स वर्थ ग्रुपका अध्यक्ष सुजता श्रेष्ठ, उपाध्यक्ष हरि मादेन, सचिव ज्योति राई, सहसचिव छाया श्रेष्ठ, कोषाध्यक्ष रोजी ताम्रकारलगायतले पुरस्कार वितरण गर्नु भयो । 

धरान  १६ स्थित पार्टी प्यालेसमा सम्पन्न मिसेस स्टेट २०२५ सिजन थ्रीको टाइटल अवार्डमा वेस्ट ट्यालेन्ट मीना गुरुङ्ग, मिसेस पर्सनालिटि पूजा गच्छेदार, मिसेस फोटोजनिक ममता साह, मिसेस फ्रेन्डसिप सृष्टि राई, वेस्ट वक रिङकी साह गुप्ता, मिसेस एक्टिभ अस्मिता भुजेल, मिसेस पव्लिक च्योइस सृष्टि राई, मिसेस डिसिप्लिन राधा राई र मिसेस इन्स्पीरेसन अवार्ड सुनिता श्रेष्ठले हात पार्नु भयो । टाइटल अवार्ड विजेताले ट्रफी र गिप्mट ह्याम्पर प्राप्त गर्नु भएको छ । 

 मिसेस स्टेट सिजन थ्रीमा मूख्य निर्णायक पूर्व मिस नेपाल उषा खड्गी, पत्रकार जनकऋषि राई, विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानका इएनटी विभागका प्रमुख संगिता भण्डारी, लायन्स इन्टरनेसनल ३२५ सि डिस्ट्रिक गर्भनर विकास अधिकारी, र नेपाल उद्योग परिषद, कोशी प्रदेशका उपाध्यक्ष गरिजा सारडा निर्णायकको रुपमा रहनु भएको आयोजकले जनाएको छ ।