धरान । लागुऔषध विरुद्ध जनचेतना जगाउने उद्देश्यले केवाइसी पुनर्जीवन केन्द्रले आयोजना गरेको दुई दिवसीय विद्यालय स्तरीय वास्केटवल प्रतियोगिता आजबाट सुरु भएको छ । 

प्रदेश स्तरिय प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा १३ वटा टिमले सहभागीता जनाएका छन् ।  

प्रतियोगिताका संयोजक संयोजक अनिस गुरुङका अनुसार धरान १६ स्थित बास्केटवल कोर्टमा भइरहेको प्रतियोगिताका विजेता टिमले  प्रथम  २५ हजार  र दोश्रो टिमले  १५ हजार प्राप्त गर्ने छन् । शनिवार प्रतियोगिताको समापन गरिने कार्यक्रम संयोजक गुरुङले जानकारी दिनुभयो । 

विद्यालय स्तरका बालबालिकाहरुमा खेलप्रति अभिरुची जगाउन र युवा पुस्तामा बढ्दो लागुऔषध प्रयोगप्रति सचेतना जगाउन प्रतियोगिता आयोजना गरिएको आयोजक गुरुङको भनाई छ । ‘युवाहरुमा बढ्दो दुव्र्यशन न्यूनिकरण हाम्रो अभियान हो । जो खेलकुदामा आवद्ध हुन्छ त्यो व्यक्त एउटा सक्षम व्यक्ति बन्न सक्छ ।’– संयोजक गुरुङले भन्नु भयो–‘खेलकुदको माध्यमबाट युवाहरुमा हुने कुलतलाई हामी न्युनिकरण गदैं सभ्य समाज निर्माण गर्न चाहान्छौं ।’