Bijaypur Khabar
  • होम पेज
  • निर्वाचन विशेष
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • विचार/ब्लग
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा
  • ई-पेपर
  • होम पेज
  • निर्वाचन विशेष
  • कृषी
  • समाचार
  • विकास / निर्माण
  • सम्पादकीय
  • व्यक्त्तित्व
  • पर्यटन/खेलकुद
  • स्वास्थ्य
  • विज्ञान
  • थप
    • विचार/ब्लग
    • साहित्य / मनाेरञ्जन
    • हाम्राे पालिका
    • अन्तरवार्ता
    • फिचर
    • देश बाहिर
    • पत्रपत्रिकाबाट
    • फोटो कथा

खुशीकाे खवर: युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

Gravatar 250 विजयपुर खवर संवाददाता
  • असार ४, २०७५
  • ६७० पटक पढिएको
670 Shares
alt

सोल /  उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । 

यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिए । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । 
दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिए । 
उनले उक्त घोषणा कहिले र कसरी गरिँदैछ भन्ने बारेमा भने केही भनेनन् । तर पनि यस वर्षको अन्त्यतिर करिब ६५ वर्ष पुरानो दुई कोरियाबीचको युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरिने जानकारी उनले दिए । 
यस विषयमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उन सहमत भइसकेको जानकारी यसअघि नै दिइएको थियो । 
उनीहरुबीच गत अप्रिल २७ मा पानुमजोममा भएको ऐतिहासिक बैठकमा सो विषयमा सहमति भएको बताइएको थियो । 
गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो । उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्तापछि जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच शिखर वार्ताको वातावरण बनेको थियो । 
दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको एक होटलमा सम्पन्न उक्त वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो । यसले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको थियो छ । 
आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिङ्गापुर वार्ता सम्भव भयो । 
उत्तर कोरियाली नेता किम जोङ उनले सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताको क्रममा कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरे । 
उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको सम्झौतापछि भने कोरियाली प्रायःद्वीपमा पूर्ण रुपमा निशस्त्रीकरण गर्ने आशा बढेको बताइएको छ । 
कतिपयले भने दुई कोरियाको अप्रिल २७ मा सम्पन्न शान्तिवार्ता तथा अमेरिका र उत्तर कोरियाबीच जुन १२ मा भएको वार्ता र चारबुँदे सहमति पत्रमा हस्ताक्षर पछि कोरियाली प्रायद्वीपमा औपचारिक रुपमै युद्ध अन्त्य भइसकेको बताउँछन् । सिन्ह्वा

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार
यस्तो छ एमालेको धरान–बराहक्षेत्र–रामधुनी रूपान्तरणको खाका यस्तो छ एमालेको धरान–बराहक्षेत्र–रामधुनी रूपान्तरणको खाका
फोक्सिङटार र बङ्शिलाघाटमा अस्थायी बेलिब्रिजको काम सुरु फोक्सिङटार र बङ्शिलाघाटमा अस्थायी बेलिब्रिजको काम सुरु
सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा
  • भर्खरै
  • लाेकप्रिय
हिविसकसमा निर्वाचनबाट विद्यालय क्याप्टेन छनौट
मेरो धर्म यातायात व्यवसायीको सुरक्षा र व्यवसायीको सेवा हाे
काेशी प्रदेशकाे नीति तथा कार्यक्रममा के के विषय समेटिए
क्यान्सर उपचारमा आशाको किरण
धरानकाे यूएन नवोदय कलेजले ल्यायाे आकर्षक छात्रवृत्ति याेजना
जेठ ९ गते धरानका सुकुम्वासी सडकमा उत्रिने
विद्यार्थीहरको रोजाइँमा पोखरिया मावि
बृहत् रक्तदान कार्यक्रम सम्पन्न
आन्तरिक पर्यटककाे राेजाईमा भुल्के
आफ्नो सुविधा छाडेर एम्बुलेन्स किन्ने यि गाउँपालिका प्रमुख
वडा र वडावासी बदल्ने धरानका कान्छा वडाध्यक्षको सपना
अधुरा काम पुरा गर्न मेरो उम्मेद्वारी – कृष्ण भट्टराई
आफ्नो तलव सामाजिक काममा खर्च गर्ने वडा अध्यक्ष
जोगमनी–धरान छ लेन सडकः धरान विच बजारबाटै जाने
धन्यवाद कम्युनिष्ट सरकार ! मासिक एक सयबाट सुरु गरेको बृद्धभत्ता अब मासिक ३ हजार 
एक महिनामा २३८ फरार अभियुक्तहरु पक्राउ, टोले दादा , गुण्डाहरुको भागाभाग
विदेश अध्ययनमा जानका लागि पुल बन्दैं धरानको इडेन एकेडेमी
धरानमा कालो ढुस्सी सङक्रमण भएको विरामी भेटिए
Bijaypur Khabar
Bijaypur Khabar

विजयपुर नेटवर्क प्रा. लि. द्वारा सञ्चालित bijaypurkhabar.com

धरान–१५, सयपत्री मार्ग, सुनसरी, नेपाल

फोन नं: ९८०१०४७७७९

इमेल : [email protected]

कम्पनि दर्ताः २७५८४२ / स्थायी लेखा नं: ७१०१३५३३६

सूचना विभाग दर्ता: ३००८ / प्रेस काउन्सिल दर्ता: २४५

  • सम्पादक: देवेन्द्र कार्की
  • प्रवन्ध निर्देशक: अनिल अधिकारी
  • अतिथि सम्पादक: कृष्ण प्रधान (भारत)
  • सह-सम्पादक: खगेन्द्र कार्की
  • उप सम्पादक: भीम कुवेर गुरुङ
  • सल्लाहाकार सम्पादक: भीमज्वाला राई
  • सल्लाकारः गिरीधारी सापकाेटा

Copyright © 2019 / 2026 - Bijaypur Khabar All rights reserved

  • नेपाली बाट युनिकोड
  • युनिकोड बाट नेपाली
  • Website By : Hash Tech Logic