- खेमराज सुबेदी
कतार / अन्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसास कतार च्याप्टरको विशेष अधिवेशनले प्रेम प्रशाद भट्टराईलाई अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको छ । शुक्रबार च्याप्टरको बिशेष अधिबेसनबाट प्रथम उपाध्यक्ष – सिताराम थापा, द्वितिय उपाध्यक्ष मणी पौडेल, महासचिव लेख कार्की, सचिव यादब रेग्मि, कोषाध्यक्ष दीलिप पराजुली र सहकोषाध्यक्ष खेमराज सुबेदी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा सन्तोष अधिकारी, चक्र कार्की , सागर भण्डारी र नारायण निर्जल भण्डारी निर्वाचित भए । अन्य ४ जना सदस्यहरु कार्यसमितिले पछि मनोनय गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए । १५३ औँ मोति जयन्ती तथा अनेसास कतार च्याप्टर नवोदित साहित्यिक वाचनालय कतारको ८५ औँ डबलीको सन्दर्भ पारेर सम्पन्न कार्यक्रममा “मोति एक गजल अनेक नामक” सामूहिक गजल वाचन कायृक्रम समेत सम्पन्न भएको थियो । गजलकारहरू नारायण भण्डारी, ईश्वर राई, दिलिप पराजुली, चक्र कार्की र सन्तोष अधिकारीले गजल बाचन गरेर माहौल बनाएका थिए । सोही कार्यक्रमका विशिष्ट श्रोता कतारको आस्टर मेडिकल सेन्टरमा कार्यरत डा. राजेश कुमार पौडेल रहेका थिए ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!