- बद्री अर्याल
मोरङ / मोरङ क्षेत्र ३ का बामगठबन्धन का महिला हरुले चुनावी प्रचार गर्दै र्याली निकालेका छ्न । आइतबार सुन्दरहरैचा नगर कमिटी को संयुक्त बामगठबन्धन महिलाहरुको आयोजनामा आफ्ना उम्मेदवारहरुलाई बिजयी गराउन र्याली निकालेका हुन। रयालिमा सुन्दर हरैचा \को प्रदेश खमा रहेको चार वटा वार्डबाट नौसय भन्दा बढि महिलाहरुको सहभागी भएको मावोबादी नेत्री लता न्यौपानेले बताइन । रयाली खोर्साने चौकबाट सुरुभइ सलकपुर चौक गएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै एमाले समानुपातिक उम्मेदवार डा . शिबमाया तुम्बाहाम्फेले महिला अधिकारको रक्षा ,सम्बिधान ससोधनलगायतको समस्या वमगठबन्धनबाट मात्र सम्भब हुने भएकोले आफुहरु दुई तिहाइ बहुमतका लागि मतमाग्दै चुनाबी प्रचार रयाली निकालेको बताइन कार्यक्रममा एमाले मोरङ जिल्ला उप सचिब धना तामङ , मावोबादी नेत्री सिर्जना ढकाललगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको अन्त्यमा जनगायक सन्जिब धिमालले चुनावी गितबाट माहोल तताएका थिए । कार्यक्रम एमाले मोरङ जिल्ला सद्स्री बबिता खापुङले सन्चालन गरेको थिइन भने यस क्षेत्र बाट प्रतिनिधि सभा का लागि बामगठ्बन्धन बाट भानुभक्त ढकाल ,प्रदेश सभा क बाट गिता तिम्सिना , ख बाट राजकुमार ओझा उम्मेदवारले सम्बाेधन गरेका थिए ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!