धरान / धरान १२ स्थित धरान मेघा हिमालयन कलेजले विभिन्न प्रतियोगितामा विजेता अप्mनो विद्यालयका खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।
मेघा कलेजले मंगलवार एक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीहरु माझ खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गरेको हो । कलेजले भर्खरै सम्पन्न हिसान स्पोर्टस मिटमा आयोजना भएका बास्केटवलका पुरुष टिम विजेता, महिला टिम उपविजेता, फुटवल खेल विजेता, टेवलटेनिस विजेता, भलिवल तर्फ उपविजेता पुरुष टिम, वक्तित्वकला दोस्रो, व्याडमिन्टनमा तेस्रो र नृत्य तर्फका चौथो हुने विद्यार्थीहरुलाई सम्मान गरेकोहो ।
यसै गरि किरात नया वर्ष ५०८३ को अवसरमा आयोजित यलेदोङ ओपन बास्केटवल च्याम्पियन महिला बास्केटवल टिम, होलिल्याण्ड बास्केटवल च्याम्पियन पुरुष टिम, एनप्याव्सन बास्केटवल च्याम्पियन पुरुष टिम, मेयर कप फुटवल च्याम्पियन, अखिल फुटवल कप च्याम्पियन, धरान उपमहानगर वक्तित्वकला च्याम्पियन, सुनौलो पुस्तकालय वक्तित्वकला दोस्रो हुने खेलाडीहरुलाई सम्मान गरेका थिए । खेलाडीसंगै प्रशिक्षकहरुमा बास्केटवल प्रशिक्षक विवेक श्रेष्ठ, फुटवल प्रशिक्षक खेम गुरुङ्ग, व्यवस्थापक विवेक पाण्डे, भलिवल प्रशिक्षक तुलाराम राई र नृत्य प्रशिक्षक दिवस श्रेष्ठलाई कदर पत्र प्रदान गरिएको छ । उनी धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वु, प्राचार्य भाष्कर पौडेल, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम लगायतले अविर र खदा लगाएर सम्मान गर्नुभयो ।
कार्यक्रममा विजेता तथा उपविजेता खेलाडीहरुले कलेज र विद्यालयका विद्यार्थीहरुलाई आफुले जितेका ट्रफि र मेडल प्रर्दशन गर्दै खुशियालि मनाएका थिए । मेघा कलेजले शिक्षासंगै विद्यार्थीको इच्छा र क्षमता अनुसार अतिरिक्त क्रियाकलापलाई पनि उति नै महत्वका साथ अघि लाने अध्यक्ष कैलाश लिम्वुले वताउनु भयो ।
कितावी ज्ञानसँगसँगै अतिरिक्त क्रियाकलाप र खेलकुद क्षेत्रमा कलेजले लगानी गरिरहेको एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले बताउनु भएको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!