धरान / धरान १८ स्थित डिपोट स्कुलको अयोजनामा दोस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप यहि फागुन ४ गते देखि हुने भएको छ ।
आज पत्रकार सम्मेलनको आयोजना गरि विद्यालयले जनाएको छ । प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि करिव १६ वटा विद्यालयहरुलेले सहभागिता जनाउने आयोजक डिपो आर्दश वहुमुखी क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराउनु भएको छ ।
प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एभिपि र हाइ स्कोर उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
डिपो स्कुललाई यहाँसम्म ल्याइपुर्याउन लामो समय महत्वपुर्ण योगदान दिनु भएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मानमा गत साल देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मरवहादुर लिम्वुले जानकारी गराउनु भएको थियो । प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्वुको परिवार विच सहकार्य रहेको अध्यक्ष लिम्वुले जानकारी दिनुभयो ।
मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रहि डिपो स्कुल विकासमा योगदान दिएको अध्यक्ष लिम्बुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यपन सुरु भएका थिए । उहाँको कोरोना महामारीको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो ।
पत्रकार सम्मेलनमा व्यवस्थापन समिति सदस्य सूर्य पंन्धाक लिम्वुले मेजर श्रवणकुमार लिम्वुको योगदानको वारेमा प्रकाश पार्नु भएको थियो । प्रतियोगितामा सहभागिताका लागि अन्तिम मिति फागुन १ सम्म रहेको र खेल तालिका फागुन २ गते तयार गरिने आयोजकले जानकारी गराएको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!