धरान । हार्डजाेर्नी, मेरूदण्ड र करङसम्बन्धि विशेषज्ञ चिकित्सक डा. राेसनप्रसाद करवार साहले सरस्वति पूजाकाे अवसर पारेर बृहत् भेटघाटकाे कार्यक्रम तय गरिएकाे छ ।
भाेली बुधबार धरान -१८ विपी प्रतिष्ठान मुल गेट अगाडि चन्द्र बुद्ध बजार भित्र सरस्वति पूजाकाे कार्यक्रम राखिएकाे हाे । साथीभाईहरूसँग भेटघाट तथा विद्याकी देवि सरस्वतिकाे आराधना गर्न बृहत् पूजा कार्यक्रम राखिएकाे डा. कलवारले जानकारी दिनु भयाे ।
विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे हार्डजाेर्नी, मेरूदण्ड, र करङकाे विशेषाज्ञका रूपमा काम गर्दै आउनु भएका डा. कलवार नेपाल मेडिकल एसाेसिएसन धरानका अध्यक्षसमेत हुनुहुन्छ । नेपालमा एक मात्र ननप्राक्टिक्स मेडिकल प्रतिष्ठानलाई अब समय परिस्थित अनुसार धरान जनताले स्वास्थ्य सेवा लिन बाहिर नजानका लागि प्रतिषठानका चिकित्सकहरूलाई धरान मै बाहिर काम गर्न दिने व्यवस्था मिलाउनु पर्ने तर नियमगमन गर्ने संयन्त्र बनाउनु पर्ने बहस उहाँले चलाउदै आउनु भएकाे छ ।
प्रतिष्ठानका विशेषज्ञ चिकित्सक धरानबाहिर जानबाट राेक्न प्राक्टिक्स खुल्ला गर्नु प्रतिष्ठान र धराने नागरिकलाई फाइदा हुने उहाँकाे तर्क छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!