इटहरी/ महिलाहरुको लगानी तथा सम्पादनमा इटहरीबाट प्रकाशित सूचना र सञ्चार साप्ताहिक पत्रिकाको १८ औं वार्षिक उत्सवका अवसरमा विभिन्न क्षेत्रका व्यक्तीलाई सम्मान गरिएको छ । एक्टिभ नारी प्रकाशन समुहद्वारा प्रकाशित सूचना र सञ्चार साप्ताहिक पत्रिकारले वार्षिक उत्सवका अवसरमा मानसिक सन्तुलन विग्रीएर उपचाररत रिता घिमिरे गौतमलाई उपचार सहयोग दश हजार रुपैयाँ प्रदान गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

शनिबार आयोजित कार्यक्रममा साहित्यकार मनु मञ्जील, बद्री भिखारी सहित पत्रकार कृष्ण भट्टराई, सचिन पोख्रेल, रोमा रिजाल महिला सेल इटहरीका विनु बस्नेत, शान्ता न्यौपाने, विनिता वञ्जरा, राजेश अग्रवाललाई सम्मान गरिएको थियो । यसै गरी सामाजिक शान्ति गजमेर, कमला खड्का र इटहरी मेडिकल हललाई समेत सम्मान गरिएको थियो ।
प्रदेश नम्वर १ कि उप सभामुख शारदा पोख्रेलको प्रमुख आतिथ्यतामा भएको सो समारोहमा माया घर नेपालकी अध्यक्ष राधिका दासी जी महाराज, इटहरी उप–महानगरपालिकाकी उप–मेयर लक्ष्मी गौतमलगायतका अतिथिहरुले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा सम्मानितको तर्फबाट मनु मञ्जील, प्रमुख अतिथि उप सभामुख शारदा पोख्रेल, इटहरी उप–महानगर पालिकाकी उप मेयर लक्ष्मी गौतम, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का, प्रेस चाैतारि नेपालका केन्द्रीय सदस्य देबेन्द्र कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समुहकी अध्यक्ष सविना ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मन्तव्य सम्पादक यशोदा सेनेले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन प्रधान सम्पादक शुभद्रा प्याकुरेल (सुवेदी)ले गरेकी थिइन् ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!