राजविराज । प्रदेश नं. २ का भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले २ नं. प्रदेशमा फोरम–राजपाको गठवन्धनमा शंका गर्नु पर्ने ठाउँ नभएको वताएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीले आईतवार राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा वोल्दै मन्त्री साहले मधेशको समृद्धिका लागि प्रदेश नं. २ मा फोरम–राजपा सम्मिलित सरकार वन्ने र फोरमले गठवन्धनमा ईमान्दारीता कायम राख्ने वताए । उनी संघिय समाजवादी फोरम नेपालका राजनितिक समिति सदस्य पनि हुन् ।
उनले संविधान संशोधनको ग्यारेण्टि सहित फोरम संघिय सरकारमा सहभागि हुन लागेको पनि जानकारी दिए । कृषिलाई समयानुकुल परिमार्जित र प्रविधियुक्त वनाउन आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता ब्यक्त गरे । समयमा विउ, मल तथा सिचाईको ब्यवस्था मिलाउन नसक्दा पेसागत असुरक्षा वढेको र युवाहरु विदेश पलायन हुनु परेको वताएका साहले जवसम्म कृषि प्रविधिमा आमुल परिवर्तन र कृषिलाई सम्मानजनक पेशाका रुपमा स्थापित गर्न सकिन्न तवसम्म मधेशको समृद्धि नहुने दावी पनि गरे ।
संघियताको कार्यान्वयन, तीन चरणका चुनाव र प्रदेश २ मा सरकार गठनपछि विश्वको नजर मधेशमा रहेको वताउँदै मन्त्री साहले अव काम गरेर देखाउनुको विकल्प नरहेको वताए । पत्रकार महासंघ सप्तरीका सदस्य समेत रहेका साहलाई महासंघ सप्तरीले सम्मान गरेको छ ।
महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका केन्द्रिय सदस्य अवधेश झा, महासंघका पुर्व अध्यक्षहरु शिवहरीप्रसाद भट्टराई, वैद्यनाथ झा, धिरेन्द्रप्रसाद साह, महासंघका पुर्व अध्यक्ष तथा संघिय समाजवादी फोरम नेपाल तराई–मधेश प्रादेशीक समितिका मुख्यसचिव शम्भु झा, पत्रकार अनिल अनल, महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, सचिव जितेन्द्र झा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!