धरान / धरान–१६ स्थित युएन, नवोदय कलेजले कक्षा–११ र बिबिएस पहिलो वर्षका नवआगन्तुक विद्यार्थीहरूलाई शुक्रबार स्वागत गरेको छ । ।
कार्यक्रममा प्रदेश टपरहरूलाई नगदसहित सम्मानसमेत गरेको छ । बिएचएम ८ औं सेमेष्टरको परीक्षामा कोशी प्रदेश टप गर्ने एन्जोला राईलाई नगद २५ हजार, प्रदेश सेकेण्ड टप गर्ने इसिका दर्नालालाई नगद १५ हजार, प्रदेश थर्ड टपर अनिष लिम्बू, सलिना लिम्बू, जानुका राईलाई नगद १० हजारसहित सम्मान गरिएको छ ।
यस्तै, विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ । शुक्रबार धरान–१५ स्थित चुम्लुङ हीम प्राङ्गणमा धरान जेसिजले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम बनेकी कक्षा–१२ की एन्जिला कार्की, विजयपुर एफएमले आयोजना गरेको भ्वाइस अफ धरानमा बिजेता र एफटिएल अनलाइन टिभीले आयोजना गरेको सिङ्गीङ आइडलमा फस्ट रनर अफ बनेका कक्षा–११ का अनिष राई, इस्कोन मन्दिरले आयोजना गरेको श्लोक पाठमा बिजेता बनेका कक्षा–१२ का सागर दाहाल, एफटिएल अनलाइन टिभीले आयोजना गरेको सिङ्गीङ आइडलमा बिजेता बन्ने कक्षा–११ की कुसुम माझी, एफटिएल अनलाइन टिभीले आयोजना गरेको डान्सिङ आइडलकी बिजेता कक्षा–१२ की डिना चोङवाङ, रेडिकल लाइटले आयोजना गरेको एसइई स्पीकरकी फस्ट रनरअप कक्षा–११ की दिया राईलाई पुरस्कृत गरिएको पब्लिक रिलेसन अफिसर रामबहादुर लिम्बूले जानकारी दिनु भयो ।
यस्तै, कवडडीमा प्रदेश बिजेता बन्ने कक्षा–११ का रेजिन लोहनी, निबन्धमा दोस्रो बन्ने कक्षा–१२ की शिवानी भुजेल, मिस कोशी प्रतियोगिताको फष्ट रनर अप बनेकी कक्षा–१२ की निसुहाङमा लिम्बू र चौथो बन्ने कक्षा–१२ की स्वस्तिका राईलाई समेत सम्मान गरिएको कलेजले जनाएको छ ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा भएको कार्यक्रममा युएन कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, नवोदय विद्या मन्दिर बोर्डिङ स्कुलका स्कुल प्रोग्राम इन्चार्ज निरकुमार राईलगायततले विद्यार्थीहरूलाई खदा र अविर लगाएर स्वागत गर्नुका साथै सम्मानपत्र र नगद प्रदान गर्नु भयो ।
कलेजको बेस्ट स्टुडेन्ट अफ द यियर, बेस्ट डिसिप्लिन स्टुडेन्ट अफ द यियर लगायत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यापकहरू सुजन शंकर, नुर खान, विष्णु दाहाल, दिब्या झा, सिर्जना लिम्बू, बन्दना श्रेष्ठ, अनिमेष बाँस्तोला, स्तृति श्रेष्ठ, प्रोमोटर जगत नेम्वाङलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य होटल विद्यार्थीको तर्फबाट कक्षा–१२ की एन्जिला कार्कीले मन्तव्य राख्नु भयो । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले गुणस्तरीय शिक्षा, संस्कार र अनुशासनकै कारण कलेजले सफलता पाएको बताउनु भयो ।
विद्यार्थीहरुको अथक मेहनत, अध्यापक, कर्मचारी लगायतको निरन्तरको परिश्रमका कारण युएन, नवोदय कलेज प्रदेश नम्बर १ मै विद्यार्थीको रोजाइमा परेको क्याम्पस प्रमुख तुम्बापोले बताउनु भयो ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!