धरान / इलाका प्रहरी कार्यालय धरानले भरुवा बन्दुकसहित पाँच जनालाई धरान–१९ बाट पक्राउ गरेको छ ।
शनिबार राती वडा नं. १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रबाट रास ताल तर्फ जादैँ गरेको बा ४ च ४३३ नम्बरको कारसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा इटहरी उप महानगरपालिका १३ ज्योतिस चौधरी, रामधुनी –७ का सन्जु राई, विनय राजधामी, दिवश माझी र मोरङ सुन्दरहरैचा नगरपालिका – २ का मेहरमान भुजेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
चेकजाँचका क्रममा कारको पछाडीको सिटको मुनि एक थान भरुवा बन्दुक, एक थान टोटा बन्दुकको गोली, दुई वट्टा बारुद, प्लाष्टिकमा पोका बनाएको सानो एक पोका बारुद, भरुवा बन्दुकमा लाग्ने फलामको गोली तीन थान, र एक थान खुकुरी परामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुका विषयमा इलाका प्रहरी कार्यालय धरानमा थप अनुसन्धान भइरहेको प्हरीले जनाएको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!