धरान / नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा नेपाल रेडक्रस सोसाइटी सुनसरी बाँझगरा उपशाखाको सभापतिमा उमेश पौडेल पुनः निर्वाचित हुनु भएको छ । यस अघि पाैडेल कै नेतृत्वमा समिति रहेकाे थियाे ।
शुक्रबार धरानमा सम्पन्न निर्वाचनमा पौडेल पुन सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको हो । ११ सदस्यीय कार्यसमितिको उपसभापतिमा शिला बज्राचार्य, सचिवमा तीर्थ योञ्जन, कोषाध्यक्षमा हरिप्रसाद ओझा, सहसचिवमा ज्ञानेन्द्र बस्नेत, सहकोषाध्यक्षमा गणेशबहादुर प्रधान निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समितिकी संयोजक बेणु काफ्लेले जानकारी दिनु भयो । यस्तै सदस्यमा देवेन्द्र कार्की, सन्दिप सुवेदी, पनुका राई, गणेशकुमार लिम्बुु, समरकुमार योञ्जन निर्वाचित हुनु भएको छ ।
नव निर्वाचित सभापति पौडेलले उपशाखाको कार्यालयका लागि जग्गा खोजेर भवन निर्माणसँगै मानविय सेवामा समिति क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
रेडक्रसको इतिहास
विश्व रेडक्रस अभियानमा सहभागी हुने उद्देश्यका साथ, विश्वमा रेडक्रसको स्थापना भएको झन्डै १०० वर्ष पछी नेपालमा नेपाल रेडक्रस सोसाइटी विस २०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा. नागेश्वोरप्रसाद सिंहको सभापतित्वमा तदर्थ समितिले नेपालमा रेडक्रसको स्थापना गरेको थियो ।
यसको जिल्ला शाखा कार्यालयहरु देशको ७७ बाटै जिल्लामा रहेको छ। । जिल्ला शाखाहरूले १,५०८ भन्दा बढी उपशाखाहरू ५,४१० जुनियर र ८६५ युवा रेडक्रस सर्कलहरू र तिनीहरू अन्तर्गतको सहयोग समितिहरूबाट सेवा प्रदान गदैं आएको छ । थप रूपमा, नेरेसोले देश भित्र २ आँखा अस्पताल, विस्तारित आँखा हेरचाह केन्द्रहरू, ११७ रक्त संचार सेवा केन्द्र हरू, २७२ एम्बुलेन्स सेवा स्टेशनहरू र १२ गोदामहरूबाट सेवाहरू प्रदान गर्दै आएको छ।