धरान  / पब्लिक हाईस्कुलका २०३१ सालमा एसएलसी दिएका ब्याच ‘पब्लिक हाईस्कुल एल्मुनाई एसोसिएसन’ले आफु एसएलसी दिएको ५० औं बर्ष पुगेको अवसरमा विद्यालयमा अक्षय कोषको स्थापना गर्ने भएका छन् । 

यही माघ १७ गते स्थापना दिवसको रूपमा मान्दै ५० वर्ष पुगेको अवसरमा स्वर्ण उत्सव सम्मान कार्यक्रम पनि गर्ने भएको एसोसिएसनका अध्यक्ष राजेन्द्र शर्माले शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिनु भयो । 

उहाँका अनुसार एल्मुनाईले चारवटा कार्यक्रम गर्ने भएको छ । तत्कालिन समयमा अध्यापन गरेका गुरुहरूलाई सम्मान, कक्षा ६ देखि १० कक्षासम्म स्कुल टप गर्नेलाई छात्रवृत्ति प्रदान, एउटै पेशामा निरन्तर काम गर्ने मजदुरलाई सम्मान र २०३१ सालको ब्याचमा एसएलसी दिएका तर दिवङ्गत साथीहरूका श्रमितिहरुलाई सम्मान गर्ने कार्यक्रम भएको उहाँले बताउनु भयो ।  

पब्लिक हाईस्कुलमा त्यस समय अध्यापन गर्ने विष्णु शर्मा दाहाल, टीकाप्रसाद रिजाल, गणेश श्रेष्ठ र माधवप्रसाद पाखेरेलाई गर्ने भएको छ । त्यस्तै कक्षा ६ देखि १० कक्षासम्मको वार्षिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एकजना विद्यार्थीलाई ‘पीएचएस ३१ गोल्ड मेडल’ प्रदान गरिने भएको छ । यसका लागि एक लाख ११ हजारको अक्षयकोष स्थापना गरिने भएको छ । यस्तै निरन्तर एउटै काम गर्दै आएका शिवजी साहलाई श्रमको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्ने कार्यक्रम तय भएको छ । उहाँ सुरुदेखि हालसम्म मिठाई वेच्दैं आउनु भएको छ ।