धरान  / भोजपुर थातथलो भई सुनसरीमा बसोवास गदैं आएकाहरुको संस्था भोजपुर सुनसरी सरोकार समाजले   आज रक्तदान तथा वनभोज कार्यक्रम आयोजना गरेको छ ।

धरानको लाङ्घाली सामुदायिक वन परिसरमा नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहकार्यमा गरेको रक्तदान कार्यक्रममा २६ पिण्ट रगत संकलन भएको समाजका सचिव भुवनसिंह बस्नेतले जानकारी दिनु भएको छ । शनिवार धेरैतिर कार्यक्रम जुधेकाले लक्ष्य अनुसारको ब्लड संकलन नभएको उहाँले बताउनु भयो ।  

रक्तदान कार्यक्रम पछि समाजले वनभोज कार्यक्रमको आयोजना गरेको थियो । समाजका अध्यक्ष रेवतीरवण राईको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य किरण राई प्रमुअ अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रदेशसभमा सदस्यहरु विजय राई, रमेश बस्नेतलगायतको उपस्थिति रहेको थियो ।