इटहरी । सडक दुर्घटना न्युनिकरण तथा सार्वजनिक यातायातलाई सुधारका लागि कोशी प्रदेश सरकारले निर्माण गर्ने योजना अन्तिम चरणमा पुगेको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताउनु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले कामको अन्तिम तयारी गरिरहेको र त्यसमा यातायात मजदुर तथा व्यवसायीहरु र सरोकारवालाहरुसंग छलफल गरेर कार्यान्वयन गरिने मन्त्री भण्डारीले बताउनुभयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले सडक सुरक्षा सचेता जागरण अभियानको शुभारम्भ कार्यक्रममा आइतबार इटहरीमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले सडक दुर्घटना न्युनिकरण सबैको साझा विषय भएको बताउनुहुँदै मजदुर संगठनहरुले अभियान शुभारम्भ गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा सडक दुर्घटनाको वर्तमान चित्र सहितको सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले कोशी प्रदेशभरी सञ्चालन गरिने सडक सुरक्षा सचेतना प्रशिक्षण कार्यक्रमको योजना प्रस्तुत गर्नु भएको थियो ।
अभियानमा दुइवटै संगठनका प्रदेश कमिटी र मातहत जिल्ला, पालिका र इकाई कमिटीहरुले प्रत्येक महिना दुइवटा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिने योजना निर्माण गरिएको छ । प्रस्तुत कार्यक्रम अनुसार एक महिनामा दुई प्रशिक्षण गरिने योजना छ जस अन्तर्गत संगठन र संघका प्रदेश, जिल्ला, पालिका र इकाई कमिटीहरु र महासंघ आवद्ध व्यवसायी संघहरुले प्रत्येक १५ दिनमा प्रशिक्षण गर्ने । ट्राफिक प्रहरीले खटाएको प्रशिक्षकबाट चालक, सहचालक, परिचालक र व्यवसायी सम्मिलित प्रत्यक कक्षामा २५ जनालाई प्रशिक्षण प्रदान गरिनेछ ।
त्यस्तै बढीमा एक घण्टाको प्रशिक्षणमा औपचारिक र भाषण नगर्ने सिकाईमा केन्द्रीत गर्ने, प्रशिक्षण श्रव्यदृश्य सामग्री मार्फत दिइने र सडक दुर्घटना सचेतना सम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर र चित्रहरु मार्फत शिक्षा प्रदान गरिने योजना रहेको छ । कार्यक्रम नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीको सहकार्य रहेको छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फूयाल, नेपाल प्रहरी कोशी प्रदेश प्रमुख डिआइजी राजन अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमन तिम्सिना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख एसपी विनोद घिमिरे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीका संयोजक सरोज श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा भीमज्वाला राईसहित कोशीमा सडक दुर्घटनाको वर्तमान अवस्थाका बारेमा प्रहरी निरिक्षक शुभेश अधिकारीले सचेतना प्रस्तुत गर्नुभएको थियो । गौरीलाको अध्यक्षमा भएको कार्यक्रममा महेश घिमिरेले सञ्चालन र विष्णु खत्रीले स्वागत गर्नुभएको छ ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् डिआइजी, राजन अधिकारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठ, एनटीयुसीका केन्द्रीय उपाध्याष् ज्योती कोइराला, नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष कमल राई नागरिक समाज इटहरीका अध्यक्ष राजकुमार राई लगायतले दुइवटै कार्यपत्र र अभियानप्रति सुझाव पेश गर्नुभएको थियो ।
सडक दुर्घटना न्यसनिकरण गर्न एक महिना दुइ प्रशिक्षण गरिने
सडक दुर्घटना न्युनिकरण गर्न एक महिना दुई प्रशिक्षण अभियान सञ्चालन हुने भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले आइतबार इटहरीमा सडक सुरक्षा सचेता जागरण अभियानको शुभारम्भ गर्दै कोशी प्रदेशभरी रहेका संघ संगठनका कमिटीहरुले प्रत्येक महिना अनिवार्य दुईवटा प्रशिक्षण सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले कार्यपत्र प्रस्तुत गर्नुहुँदै अभियानमा संगठनहरु र सबै व्यवसायी महासंघको प्रदेश कमिटी र मातहत जिल्ला, पालिका र इकाई कमिटीहरुले प्रत्येक महिना दुइवटा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने योजना प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत कार्ययोजना अनुसार एक म्हिनामा दुई प्रशिक्षण गरिने प्रस्ताव छ जस अन्तर्गत संगठन र संघका प्रदेश, जिल्ला, पालिका र इकाई कमिटीहरु र महासंघ आवद्ध व्यवसायी प्रालिहरुले प्रत्येक १५ दिनमा यातायात मजदुर सहभागी गराएर प्रशिक्षण गर्ने उल्लेख छ । प्रशिक्षकका रुपमा ट्राफिक प्रहरीले विज्ञ परिचालन गर्ने र प्रत्येक कक्षामा २५ जनाको संख्यामा चालक, सहचालक, परिचालक र व्यवसायीलाई सहभागी गराईले राईले प्रस्ताव गर्नु भएको छ ।
त्यसरी सञ्चालन हुने प्रशिक्षण बढीमा एक घण्टाको हुने समयलाई सिकाईमा केन्द्रीत गर्ने उल्लेख छ । प्रशिक्षण श्रव्यदृश्य सामग्री मार्फत दिइने र सडक दुर्घटना सचेतना सम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर र चित्रहरु मार्फत शिक्षा प्रदान गरिने योजना रहेको छ ।
यो अभियान चैत्रसम्म सञ्चालन गर्दा न्युनतम न्युनतम ७ सजार २ सय मजदुरहरुलाई सडक सुरक्षा सचेतना गराउन सकिने भीमज्वाला राईले बताउनुभयो । यस अभियानमा दुई वटै संगठनसंगै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी समेत संगसंगै रहने राईले बताउनु भयो ।