धरान /  ¥याडिकल लाइट नेपाल प्रालि धरानले आयोजना गरेको कोशी प्रदेशस्तरीय एसईई स्पिकर–२०८१, सिजन–५ को उपाधि झापाको होली बेल इङ्लिस सेकेन्डरी स्कुलका आविष्कार राउतले जित्नु भएको छ । 

सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न फिनालेमा आबिष्कारले रु। ५५ हजार नगद, ट्रफी र प्रमाणपत्रसहित प्रतियोगिताको उपाधि हात पारेका हुन्।

उपाधि जितेपछि उहाँले –‘प्रतिस्पर्धीहरू सबै अत्यन्त प्रतिभाशाली थिए । उपाधि प्राप्त गर्न पाउँदा आफू अत्यन्त हर्षित भएको छु ।’ 

यस प्रतियोगितामा पब्लिक हाईस्कुल धरानकी जिज्ञासा भट्टराई फस्ट रनरअप बन्दै रु. २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल हुनु भयो । ब्लुम नेपाल स्कुल इटहरीका शुभम पोख्रेलले सेकेन्ड रनरअपको स्थान प्राप्त गर्दै रु. १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भयो । जेम सेकेन्डरी स्कुलकी सन्जिना राईले थर्ड रनरअप बन्दै रु. ५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भयो । 

कार्यक्रममा विभिन्न उपशीर्षकहरूमा प्रतियोगीहरूलाई सम्मान गरिएको थियो। इटहरीस्थित शिक्षादीप एकेडेमीकी समिक्षा पौडेलले सबैभन्दा बढी दर्शकको मन जित्दै पब्लिक चोइस अवार्ड प्राप्त गर्नु भयो । बेबिलोन स्कुलकी होमिता पोख्रेलले ‘मस्ट इन्स्पिरेसनल स्पिकर’ को उपाधि हात पारिन् ।

निशान बिश्वकर्माले मस्ट कन्फिडेन्ट स्पिकरको उपाधि जित्नु भएको छ । पब्लिक हाईस्कुलकी आयुषा पौडेललाई मस्ट ट्यालेन्टेड स्पिकर, सुनाखरी एकेडेमी धरानकी नाबिया सरखानलाई बेस्ट आर्टिक्युलेटर, डिपोट सेकेन्डरी स्कुलकी रोशनी नेपाललाई बेस्ट एमर्जिङ स्पिकर र भानु स्मृति मावि धरानकी प्रतिक्षा तामाङलाई मस्ट इन्फर्मेटिभ स्पिकरको उपाधि पाउनु भएको संस्थाका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिनु भयो । 

त्यस्तै, लोटस इङ्लिस बोर्डिङ स्कुलकी सृष्टिका राईलाई मस्ट क्रिएटिभ स्पिकर  केके इन्टरनेसनल स्कुलकी तपस्या भण्डारीलाई मस्ट पर्सुएसिभ स्पिकर, हिबिस्कस स्कुलकी दिविका राईलाई बेस्ट थिमेटिक स्पिकर र पब्लिक हाईस्कुलकी साक्षी मिश्रलाई  मस्ट कोअपरेटिभ स्पिकर घोषित हुनु भयो ।

फिनालेमा पुगेका १५ जना प्रतियोगीलाई ‘बढ्दो भ्रष्टाचार’, ‘लागुऔषधको प्रयोग’, ‘युवा पलायन’, ‘सवारी दुर्घटना’, र ‘डिजिटल क्रान्ति’ जस्ता समसामयिक विषयमा गोला प्रणालीबाट छनोट गरिएका शीर्षकमा बोल्ने अवसर प्रदान गरिएको थियो ।

निर्णायक मण्डलमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही, सहिद स्मृति माविका शिक्षक टंक भट्टराई र शिक्षा सदनका शिक्षक अशोक पोख्रेल रहनु भएको थियो । 

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै ¥याडिकल लाइट नेपालका अध्यक्ष तिर्थ कार्कीले भन्नु भयोे, ‘विद्यार्थीको वाक्कला, प्रस्तुति तथा नेतृत्व क्षमता अभिवृद्धि गर्दै खाली समयको सिर्जनात्मक उपयोग गराउने हाम्रो उद्देश्य हो।’

कार्यक्रममा भानु स्मृति माविका शिक्षक ओम रिमालले प्रस्तुत गरेको गीत र सुनाखरी एकेडेमीका विद्यार्थीहरूको नृत्यले दर्शकको मन जितेको थियो।

समापन समारोहमा एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र गुरुङ, नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, सुमेधा एजुकेसन नेटवर्कका अध्यक्ष सुरेन्द्र घिमिरे, पब्लिक हाईस्कुलका प्रिन्सिपल डा. इन्द्रमोहन झा, रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठ, भानु स्मृति मा।बि।का प्रधानाध्यापक रबिन सुबेदीलगायतको उपस्थिति रहेको थियो ।