धरान  / धरान उपमहानगरपालिकाका पूर्व मेयर स्व. तारा सुब्बाको ७ औं स्मृृति दिवस मनाइएको छ । 

धरान–१९ स्थित हरियाली पार्कमा नेकपा एमाले १९ नं वडा कमिटीले स्मृतिसभाको आयोजना गरेर स्व. सुब्बालाई सम्झेको हो । स्मृति सभाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको थियो ।  

मुख्यमन्त्री कार्कीले दिवङ्गत तारा सुब्बाको सम्झनामा धरानको समग्र विकासका लागि सङ्कल्पसहितको सहकार्य आवश्यक रहेको बताउनु भयो । ‘धरान बनाउने अभियान अब टुङ्गोमा पुर्रुयाउने समय आएको छ । सङ्कल्प, योजना र कार्यान्वयन सँगसँगै जानुपर्ने आजको आवश्यक्ता हो ।’–मुख्यमन्त्री कार्कीले भन्नु भयोे–‘धरानका लागि स्व. तारा सुब्बाको महत्वपूर्ण योगदान छ । उहाँको मार्गदर्शनमा धरानले काम गर्नु गर्ने मुख्यमन्त्री कार्कीको भनाई थियो । स्मृति सभा पछि हरियाली पार्कमा भएको उहाँको सालिकमा माल्यार्पण गरिएको थियो । 

कार्यक्रममा कोशी प्रदेशका सांसद रमेश बस्नेत, विजयकुमार राई, यशोदा कायस्थ, विभिन्न राजनीतिक पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।