धरान / हरेक बर्ष हुदैं आएको धरान मेघा रेवाहाङ मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको चौथो संस्करण आगामी माघ ६ गत्ेदेखि हुने भएको छ ।
धरान–१८ का उदयीमान बास्केटबल खेलाडी स्वर्गीय रेवाहाङ रुन्छेन्बुङ राईको स्मृतिमा आयोजना हुँदै आएको प्रतियोगिताबारे आज आयोजक धरान मेघा हिमालय कलेजले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
यस प्रतियोगिताको चौथो संस्करण हो । आयोजकले प्रतियोगितालाई आगामी दिनमा प्रदेशस्तरीय प्रतियोगिताको रूपमा विस्तार गर्ने योजना बनाएको सुनसरी बासकेटवल संघका अध्यक्ष नारायण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
चौथो संस्करणमा झापा, मोरङ, इटहरी र धनकुटा जिल्लाका विद्यालयस्तरीय खेलाडीहरूको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी विद्यालयहरूले कक्षा १० सम्मका ६ जना तथा कक्षा ११ र १२ का ६ जना गरी जम्मा १२ जना खेलाडी समावेश गर्न पाउनेछन् । कक्षा १० सम्म मात्र सञ्चालन भएका विद्यालयहरूका लागि भने १२ जना खेलाडी नै सहभागी गराउन पाइने व्यवस्था गरिएको मेघा कलेजका प्रिन्सिपल भास्कर पोडेलले बताउन ुभयो ।
धरान बास्केटबल संघको व्यवस्थापन, रेवाहाङ रुन्छेन्बुङ राई स्मृति प्रतिष्ठानको विशेष सहयोग तथा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिताका विजेता विद्यालयले रु ३० हजार, उपविजेताले रु. १५ हजार प्राप्त गर्ने छन् । साथै प्रतियोगितामा मस्ट भ्यालुएबल प्लेयर र उदयमान खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने छ। पत्रकार सम्मेलनमा रेवाहाङका वुवा रेवतीरवण राई र आमा सुजता राईकोसमेत उपस्थिति रहेको थियो । उहाँहरुले छोराको नामा प्रतिष्ठान सञ्चालन गदैं आउनु भएको छ ।



















