मोरङ । मोरङ्गको बिराटचोकमा एडुस्टाफ सोलुसन नामक रोजगारदाता एजेन्सी संचालनमा आएको छ। भाद्र १४ गते एक कार्यक्रम बीच सुन्दरहरैचा – ९, बिराटचोकस्थित कार्यालयको बिधिवत उद्घाटन गरिएको थियो।
उक्त अवसरमा सुन्दरहरैचा तथा इटहरी क्षेत्रका विभिन्न बिद्यालयका संचालक तथा प्रिन्सिपलहरु, साथै उद्योगी ब्यावसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त एजेन्सीका संचालक सूर्य दङ्गाल तथा रन्जिता दङ्गाल रहनु भएको छ। संचालक दङगालका अनुसार एडुस्टाफ सोलुसनले पहिलो चरणमा शिक्षा क्षेत्रमा काम गर्ने बताउनु भयो । उहाँका अनुसार सुनसरी तथा मोरङ जिल्लाका विद्यालय तथा कलेजहरूका शिक्षक तथा कर्मचारीहरूको आवश्यकता पूरा गर्ने लक्ष्य लिएको छ। जस अनुसार विषय शिक्षक, काउन्सिलर, लेभल इन्चार्ज, कोअर्डीनेटर, प्रिन्सिपल, खेलकुद शिक्षक, विशेष कला प्रशिक्षक, साथै बस स्टाफ, सहयोगी कर्मचारी, सुरक्षा गार्ड, लाइब्रेरियन, ल्याब टेक्निसियन, रिसेप्सन इस्ट, होस्टल वार्डन लगायत विद्यालयमा आवश्यक सबै खाले जनशक्ति विद्यालयको माग अनुसार उपलब्ध गराउने जनाएका छन्।
उहाँका अनुसार दोस्रो चरणमा सेवा बिस्तार गरि बजारमा आवश्यक विभिन्न व्यापारिक प्रतिष्ठान, होटल व्यवसाय, तथा पसलहरूमा समेत आवश्यक जनशक्ति आपूर्ति गर्ने योजना रहेको छ।
मोरङ जिल्लाको विकासोन्मुख नगर सुन्दर हरैचाको मुख्य सहरी केन्द्र विराटचोकमा स्थापित यस संस्थाले स्थानीय स्तरमा रहेको जनशक्तिको मागलाई केही हदसम्म भएपनि सहज आपूर्ति गर्ने सञ्चालकको भनाई छ ।



















