धरान– कम्तीमा ५ जनाको गोली हानी हत्या गरेको घटनाका ‘मोष्ट वान्टेड’ सुटर उमेश पासवान पक्राउ परेका छन् ।
तीन वर्षको निरन्तर प्रयासपछि सर्लाहीको हरिपुर क्षेत्रबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । रुपन्देही, चितवन, सर्लाही लगायतका जिल्लामा गोली हानी हत्या गर्ने पासवानलाई जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिपुरले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापा र इन्सपेक्टर अनिल ठकुरी नेतृत्वको टोलीले उनलाई पक्राउ गर्न खटिएको थियो । हरिपुरमा तीन वर्षअघि गोली हानी उनले एक व्यक्तिको हत्या गरेका थिए।
पैसाका लागि गोली हानी हत्या गर्ने गर्दै आएका पासवान गोली प्रहारका एक दर्जन वढि घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!