धरान / नेपाली कांग्रेसका युवा नेता तथा लोकप्रिय नेता गगन थापाको घर दैलो कार्यक्रममा वम आक्रमण भएको छ । काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उमेदवारसमेत रहेका थापालाई लक्षित गरेर काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर २ मा घरदैलो अभियानमा रहेका बेला बम प्रहार भएको थियो । बम हान्ने व्यक्ति फरार भएको प्रहरीले जनाएको छ ।
वमको छर्रा लागेर थापाका कान तथा ढाडमा चोट लागेको छ । उनीसहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ । थापाको कान र ढाडमा चोट लागेको छ । प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले पनि बम हान्नेहरुको खोजी भैरहेको बताउँदै थापासहितका घाइतेलाई अस्पताल ल्याइएको जानकारी दिए ।
घाइतेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, धु्रब खड्का, पूर्ण बहादुर श्रेष्ठ, रेणु बढुवाल, श्याम कृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ र पर्शुराम थापा रहेको अस्पतालले जनाएको छ । यसैविच घाईते थापाको स्वास्थ्य लाभको कामना गर्न एमालेका तर्फबाट उनका प्रतिपक्षि उम्मेद्वार राजन भट्टराई अस्पताल पुगेका थिए । भट्टराईले त्यहाँ काङग्रेसका कार्यकताहरुले अवरोध गरेको बताईएको छ ।
कांग्रेस नेता गगन थापालाई लक्षित गर्दै बम पड्काएको भन्दै प्रहरीले शंकास्पद २२ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई चपली क्षेत्रबाट बम पड्किएलगत्तै खटेको प्रहरी टोलीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसएसपी रबिन्द्र धानुकले जानकारी दिए।
‘हामीले २२ जना पक्राउ गरिसकेका छौं,’ टोली फिल्डमै खटेर पनि शंकास्पदलाई नियन्त्रण लिने काम गरिरहेको छ,’ एसएसपी धानुकले भने ।
प्रहरीले सो बम नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पड्काएको निष्कर्ष निकालेको छ। त्यस्तै थापामाथि नजिकबाट प्रहार भएको सो बम किट्ली बम रहेको तथ्थ खुलेको छ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!