धरान / नेपाली कांग्रेसले पाटीको संगठन विस्तार र सुदृढिकरण गर्न सुनसरीमा अभियान थालेको छ । जिल्ला सभापति राजिव कोइरालाको अध्यक्षतामा बसेको बैठकले पाटी संगठन विस्तार र सुदृढिकरण गर्न साधारण सदस्यता वितरण अभियान सञ्चालन गर्ने, पाटीका सबै निकाय र तहलाई पूर्णता दिने, भातृ तथा शुभेच्छुक संघसंस्थालाई सकृय र चुस्त दुरुस्त राख्न निर्देशन जारी गरेको छ ।
बैठकमा बोल्दै पाटीका वरिष्ठ नेता तथा संसदीय दलका उपनेता विजय कुमार गच्छेदारले जितेका जनप्रतिनिधिहरुलाई जनताको सेवामा समर्पित हुन र हारेकाहरुलाई जनताको सेवाका लागि लड्न निर्देशन दिएका छन् । नेता गच्छेदारले आन्तरिक विवाद सबै भुलेर संगठन मजबुद बनाउन सबैलाई सकृय हुन समेत आग्रह गरेका थिए ।
अभियान कै रुपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पाटीको क्षेत्र, नगर, गाउं, वडा तथा भातृ एवम् शुभेच्छुक संघ संस्थाहरुको भेलाको आयोजना गराउने निर्णय गरेको जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेले बताए । उनका अनुसार पाटीको विभिन्न तह र भातृ एवम् शुभेच्छुक संघ संस्थाहरुसंग नियमित भेटघाट, छलफल, अन्तरक्रिया, समन्वय र सहकार्य गरी चलायमान बनाउन सम्बन्धित क्षेत्रका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु आ–आप्mनो क्षेत्रमा खट्ने समेत निर्णय गरेको छ ।
बैठकमा नेता गच्छेदार, सभापति कोइराला, जिल्लाका वरिष्ठ नेता प्रदिप चौधरी, जिल्ला सचिवहरु केदार भण्डारी, सुजेन्द्र गोले, जिल्ला कोषाध्यक्ष पंकज महतो, प्रदेश सदस्य ताहिर अन्सारी, जिल्ला सदस्यहरु गोविन्द दर्नाल, राजदीप लामा, चन्देश्वर चौधरी, प्रितनारायण चौधरी, प्रेम भट्टराई, क्षेत्रीय सभापतिहरु सुरेशमान श्रेष्ठ, श्यामलाल मेहता, सत्यनारायण चौधरी, नगरपालिका तथा गाउंपालिका प्रमुख एवम् अध्यक्षहरु वेदनारायण गच्छेदार, लाली प्रसाद मेहता, रघुनन्दन चौधरी, उपप्रमुखहरु सुनिता दाहाल, जमुना पोखरेल, नेविसंघका केन्द्रिय उपाध्यक्ष एवम् १ नं. प्रदेश संयोजक विकास केसी, महिला संघका जिल्ला सभापति विजया कटवाल, शिक्षक संघका जिल्ला सभापति वेनु सिग्देल, दलित संघका जिल्ला सभापति मदन खत्वे, सांस्कृतिक संघका जिल्ला सभापति जगदिश मेहता लगायतले आप्mनो विचार राखेका थिए ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!