धरान / धरान उपमहानगरपालिकाले गत आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणमा विनियोजीत बजेटबाट ७८.४१ प्रतिशत बजेट खर्च गरेको छ ।
भौतिक पुर्वाधारका लागि गत आर्थिक बर्ष २०७४/२०७५ मा ४१ करोड १३ लाख रुपैया बजेट विनियोजन भएको थियो । सो बजेटबाट ३२ करोड २५ लाख रुपैया खर्च भएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले जानकारी दिए ।
उपमहानगरपालिकाले वार्षिक समिक्षा कार्यक्रममा सार्वजनिक गरे्को प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७४/७५ मा सञ्चालन गरेको एकसय ४२ पूर्वाधार निर्माणका योजनाहरु मध्ये ८१ वटा सम्पन्न भएका छन् । ५२ वटा योजना क्रमागत रुपमा रहेको उल्लेख गरिएको छ । उपमहानगरले एक पटक माग गरिएको योजना पटक पटक माग्न नपर्ने गरि योजनाको आवश्यकता अनुसार प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छ । ‘अव कुनै पनि वडाहरुले एउटै योजना पटक पटक माग्न पर्दैन । एक पटक माग भए पछि प्राथमिकता हेरेर ती योजनाहरुलाई उपमहानगरले बर्षैपिच्छे पुरा गर्दै जाने छ ।’–उपमहानगरकी कार्यबहाक मेयरले भनिन ।

गत आर्थिक बर्षमा उपमहानगरपालिकाले १ सय ४२ वटा योजनामा १ सय ३३ वटा योजना सम्पन्न भएका छन् । पूर्वाधारको वित्तिय प्रगती सन्तोषजनक रहेको कार्यवहाक मेयर मञ्जु भण्डारीले बताएकीछन् ।
समिक्षा कार्यक्रममा गत आर्थिक वर्षको आय व्ययको स्थिति, पूर्वाधारको प्रगति, समाजिक क्षेत्रको प्रगति, सामाजिक सुरक्षा भत्ताको स्थिति, वडागत प्रगतिसमेत सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा धरान उपमहनगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाले धेरै काम गरेको बताईन । पूर्वाधार विकासको तुलनामा प्रशासनकि खर्च भने बढेको छ । उपमहानगरले १२ करोड १५ लाख, २५ हजार, १ सय ३२ अनुमान गरेकोमा यथार्थ खर्च भने १२ करोड, ३५ लाख, ६७ हजार, ६ सय भएको छ । गत आर्थिक बर्षमा ८ करोड, ४८ लाख मात्र खर्च भएको थियो ।

क्र.स.

क्षेत्र

प्रगित

१

सडक कालोपत्रे

१५४३ मी

२

ढल निर्माण

६९४२ मी

३

कल्भर्ट निर्माण

२ वटा

४

ब्लक रोड निर्माण

८० मी

५

ढल मर्मत

८३२ मी

६

पैदल मार्ग

१००० मी

७

सडक पुनः निमार्ण

७७५० मी

८

ट्रयाक विस्तार तथा निर्माण

२५७०८ मी

९

आर.सि.सि. सडक निर्माण

१६२५ मी

१०

सडक सिलकोट

४१० मी

११

शौचालय निमार्ण

४ वटा

१२

एजिङवाल निर्माण

२८७ मी

१३

ग्यावियन लगाउने कार्य

९०८ वटा

१४

स्लाव निर्माण

१५५२ मी