धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले वन क्षेत्रमा वन विभागको अनुमति विना रुख काटेको भन्दैं डिभिजन वन कार्यालय सुनसरीमा उजुरी उजुरी परेको छ ।
डिभिजन वन कार्यालय सुनसरीका डिभिजन वन अधिकृत खुद्रिस मियाँका अनुसार एक साता अघि स्थानीयले उजुरी दिएका थिए । फायर लेन बनाउने भन्दै मेयर साम्पाङले धरान –२० बिष्णुपादुका सामुदायिक वन उपभोक्ता समुहको जङ्गलमा रुख काटेको उजुरीमा उल्लेख भएको उहाँले बताउनु भयो । उजुरी गर्ने व्यक्तिको पहिचान भने वन कार्यलयले खुलाएको छ ।
उजुरी आए पछि उक्त क्षेत्रमा स्थलगत अध्ययन गर्न विष्णुपादुका सबडिभिजन वन अधिकृत महेशकुमार शाहको संयोजकत्वमा छानविन समिति बनाएको छ । यस्तै नडाहा सवडिभिजन वन कार्यालय अधिकृत लेखनाथ भण्डारी र विष्णुपादुका सव डिभिजन कै सहायक वन अधिकृत फुलकुमारी भोटे(नीमा) छानबिन समितिका सदस्य रहेको डिभिजन कार्यालय सुनसरीका प्रमुख खुद्रिस मियाँले जानकारी दिए । स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाउन पत्र पठाइसकेको डिभिजन प्रमुख मियाँले जानकारी दिनु भयो ।
‘छानबिन समितिले स्थलगत जाँचबुझ गरी तयार गरेको प्रतिवेदन अनुसार कारवाही प्रक्रिया अगाडी बढ्ने छ ।’– प्रमुख मियाँले भन्नु भयोे–रुख काटे नकाटेको के हो ? यसबारेमा स्थलगत छानबिन पछि मात्र भन्न सकिने छ । प्रतिवेदनको आधारमा वन ऐन अनुसार सजाय हुने छ ।’
प्रमुख मियाँले वन क्षेत्र भित्र इजाजतबिना रुख काट्ने छुट कसैलाई नभएको बताउनु भयो । मेसिन प्रयोग गरेर मेयर आफैले विना अनुमति रुख काटेको बताइएको छ । साम्पाङले चैत्र १९ गते मेसिन प्रयोग गरेर रुख काटेको उजुरी डिभिजन वन कार्यालय सुनसरीमा परेको बताइएको छ ।
पाँच दिन अघि डिभिजन वन कार्यालयबाट छानविनका लागि पत्र आएको बताउदैं विहीबारदेखि स्थलगत अध्ययन सुरु गरिएको छानविन समितिकी सदस्य फुलकुमारीले जानकारी दिनुभयो । ‘हामी विहीबार र शुक्रबार त्यस क्षेत्रमा पुग्यौ तर लोकेशन नै पत्ता लागेको छैन् । अध्ययन जारी छ ।’–फुलकुमारीले भन्नु भयो –‘विष्णुपादुका क्षेत्रमा नभई बराहक्षेत्रको वनमा हो की जस्तो लागेको छ । अध्ययन जारी राखेका छौं । तर पत्ता लाग्न सकेको छैन् ।’ यस विषयमा मेयर साम्पाङले सामाजिक सञ्जालमा विरुवा राेप्ने र वनकाे डडेलाे निभाउन लागेकाे मेयरलाई लगाइएकाे आराेपबारे जवाफ दिन उनका समर्थकहरुलाई भनेका छन् ।