धरान / धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई औसाम्पाङओ ले सञ्चालन गर्दै आएको श्रमदान अभियानमा सहभागी एक व्यक्ति बालिकामाथि यौन दुर्व्यवहार भएको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा धरान–१७ का ४९ वर्षीय खजिन्द्र राईलाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ ।
सामाजिक संञ्जालमा बालिकालाई यौन दुव्र्यवहार भएको भन्ने भिडियो केही समय यता बाहिरिए पछि प्रहरीले पीडितका परिवारसँग पनि घटनाबारे सोधपुछ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकास जवेगुले जानकारी दिनु भयो । धरान १६ की बालिकालाई सोही वडाको नौलो बस्तीमा श्रमदानका क्रममा सर्दु खोलामा गएकी १३ वर्षीया बालिकामाथी गत बैशाख १७ गते यौन दुव्र्यवहार भएको सार्वजनिक भएको थियो । श्रमदान अभियानको बद्वेनाम हुने भन्दै श्रमदानमा खटिएका केही व्यक्तिहरुले पीडितलाई प्रभावित पारेर घट्ना सामसुङ पारेको आरोप छ । धरान–१६ को प्रहरी चौकी निर्माणको विषयमा विवाद भए पछि बालिकामाथि यौन दुव्र्यवहारको घट्नाबारे १६ नं. का वडाध्यक्ष मुरारीप्रसाद भट्टराई र स्थानीयवासीहरुले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । मंगलबार प्रहरीमा उजुरी परे पछि प्रहरीले तत्काल खोजी गरि आरोपीलाई पक्राउ गरेको हो । ‘घटना दवाउन लागेको भन्न कुराहरु पनि आएका छन् । अनुसन्धानबाट प्रमाणित भए उनीहरु माथि पनि कारवाही हुने छ ।’–डिएसपी जवेगुले भन्नु भयो ।
घटना भएको दिन एक स्थानीय पत्रकारले भिडियो खिचेको भए पनि नगर प्रमुख साम्पाङका नजिकका दुई श्रमदाताहरुले भिडियो डिलिट गर्न लगाएको समेत खुलेको छ । पत्रकारीताका मर्म विपरित समाचारको दृष्य सामाग्री लुकाएर गम्भीर अपराध गरेको भन्र्दै पत्रकार शेखरनाथ जोगीलाई कारवाहीका लागि नेपाल पत्रकार महासंघ सुनसरीमा बाल सञ्जालले उजुरी दिएको छ । सञ्जालका अध्यक्ष रोजन शंकार, शिवप्रसाद घिमिरे र सागर तामाङले बिहीबार महासंघ सुनसरीलाई निवेदन दिएका हुन् । घट्नाको विषयमा भिडियो खिचेर प्रसारण नगरेको भन्ने विषयमा उजुरी आएको महासंघका अध्यक्ष सन्तोष काफ्लेले जानकारी दिनु भयो । यस विषयमा यर्थाथ केहो बुझिने उहाँले बताउनु भयो ।
यस विषयमा पत्रकार शेखरनाथ जोगीले बाल सञ्जालले लगाएको आरोप सही नभएको दावी गरेका छन् । ‘कसैले भनेको र हल्लाका भरमा सामाजिक सञ्जालमा कुनै अपुष्ट भिडियो, समाचार हामीले आफ्नो पत्रकारिताको धर्म र आचारसंहिताको हिसाबले पनि लेख्न पाइँदैन ।’– पत्रकार जोगीले भन्नु भयो । सञ्जालले आरोपितलाई भगाउन सहयोग गरेको र भिडियो डिलिट गरिएको भन्ने विषयमा कुनै सत्यता नरहेको उहाँले बताउनु भयो ।