धरान  / सुनसरी उद्योग बाणिज्य संघ (उवासंघ)को अध्यक्षको लागि दुई जनाले उम्मेद्वारी दर्ता गराएका छन् । 

यही असार ३० हुने निर्वाचनका लागि ३५ जनाले शनिवार उम्मेद्वारी दर्ता गराएका छन् । अध्यक्षमा हालका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ र निर्वतमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । 

दुई जना प्यानल बनाएर निर्वाचनमा जाने तयारी रहेको छ । शिवराज श्रेष्ठलाई एमालेको समर्थन रहेको छ, भने गोपाल श्रेष्ठलाई काङ्ग्रेस र केही एमाले निकट व्यवसायीहरुले साथ दिएका छन् ।   मननाेइन दर्ताका लागि पनि समुह बनाएर उनीहरु सङ्घकाे कार्यालय पुगेका थिए । 

एक अध्यक्ष र १९ सदस्यका लागि हुने निर्वाचनमा दुई जना अध्यक्ष पदमा र  ३३ जनाले सदस्य पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माले जानकारी दिनु भयो ।  

निर्वाचन समितिका अनुसार बाणिज्य तर्फ ८ सदस्यका लागि १५ जनाले मननोयन दर्ता गराएका छन् ।   बाणिज्य महिला सदस्यमा एक पदका लागि २ जनाले मनोनयन दर्ता गराउनु भएको छ ।  यस्तै उद्योग तर्फ ४ सदस्य पदका लागि ७ जनाले मननोयन दर्ता गराएका छन् । उद्योग महिला सदस्यका लागि मीना राई(मिसु मगर) को मात्र उम्मेद्वारी परेपछि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 

यस्तै एशोसिएट तर्फ ३ सदस्य पदका लागि ५ जनाले मननोयन दर्ता गरेका छन् । बस्तुगत तर्फ २ सदस्य पदका लागि ३ जनाले मननोयन दर्ता गराएका छन् । 

अध्यक्षसहित निर्वाचन सम्पन्न भए पछि संघको पहिलो बैठकले आवश्यक पदाधिकारीहरु चनय गर्ने विधानमा व्यवस्था रहेको संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनु भयो । पदाधिकारीमा प्रथम र द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उद्योण, बाणिज्य र प्रचार तथा संगठन सचिव रहेन विधानमा व्यवस्था गरिएको छ । 

संघका अनुसार ५ हजार ६ सय ६५ व्यवसायीहरु संघमा दर्ता रहेका छन् । नविकरण भएको मतदाताको सङ्ख्या भने २ हजार ८ सय ९६ रहेको संघले जनाएको छ । 

२० पदका लागि हाल कार्य समितिमा रहेका १६ जनाले दो¥याएर उम्मेद्वारी दिनु भएको छ ।  । १९ जना नयाँ व्यवसायीले उम्मेद्वारी दर्ता गर्नु भएको छ । यस पटकको कार्यसमितिले समग्र व्यवसायीलाई समेटने काम नगरेको भन्दैं आलोचना हुदैं आएको छ । त्यस्ता पदाधिकारी र सदस्यहरुलाई यस पटक निर्वाचनमा व्यवसायीहरुले चिनेर मतदान गर्ने व्यवसायीहरुले बताउदैं आएका छन् । 

उद्योगतर्फको महिला सदस्यमा मीना राई निर्विरोध

misu magar

निर्वाचन समितिका अनुसार उद्योगतर्फको महिला सदस्यमा मीना राई (मगर)को मात्र उम्मेद्वारी परेको थियो । अन्यको उम्मेद्वारी नपरेपछि उहाँ निर्विरोध निवार्चित हुनु भएको छ । निर्वाचन समितिले औपचारिक घोषणा भने गरेको छैन् । धरान–१० स्थित गजुरमुखी ट्रेड सञ्चालन गदैं आउनु भएको छ । निर्माण सम्बन्धिको व्यवसायी गदैं आउनु भएकी मगरको श्रीमान्सँग सयुक्त निर्माण व्यवसायी पनि चलाउदैं आउनु भएको छ । उहाँले संघमा पुगेर उद्योेगमा भएका समस्या समाधान गर्न सरकार र उद्योगीविच सहकार्य गर्न पहलकदमी गर्ने बताउनु भएको छ ।