धरान / अखिल नेपाल महिला संघको दोस्रो धरान उपमहानगर सम्मेलन संघका केन्द्रीय उपाध्यक्ष कमरेड मेनका काफ्लेको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको छ।
नगर अध्यक्ष कल्पना शेर्पाको अध्यक्षतामा साेमबार सम्पन्न उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, संघकी केन्द्रीय सदस्य सुशिला पहाडी, कोशी प्रदेश अध्यक्ष तथा माननीय मन्त्री सिर्जना राई, जिल्ला सचिव माया राई, र पार्टीका केन्द्रीय सल्लाहकार परिषद सदस्य प्रदीप भण्डारी, नेकपा एमाले नगर अध्यक्ष हर्कजङ् एभेङलगायत विभिन्न तहका नेतृहरू र नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सम्मेलनले हर्षु राईको अध्यक्षतामा ४५ सदस्यीय नयाँ नगर कमिटी सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा सिर्जना नेपाल, सचिवमा शकुन्तला भुषाल, सह सचिवमा समिता गिरी र कोषाध्यक्षमा देवी लामा चयन हुनु भएकाे छ ।
सम्मेलनले संगठन सुदृढीकरण, महिलाको हक–अधिकार र समानता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ नेतृत्वलाई सशक्त बनाउने अठोट गरेको छ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!