धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य सेवामा थप सुधार गर्दै दुई नयाँ उपचार सेवा सुरु गरेको छ । प्रतिष्ठानले दीर्घकालीन दुखाइको उपचारका लागि रेडियोफ्रिक्वेन्सी एब्लेशन सेवा र हड्डीको स्वास्थ्य जाँचका लागि डेक्सा स्क्यान सेवा सञ्चालनमा ल्याएको हो । 

पहिलो पटक धरानस्थित प्रतिष्ठानमा रेडियोफ्रिक्वेन्सी एब्लेशन सेवा सुरु गरिएको छ । यो सेवा विशेषगरी ट्राइजेमिनल न्युराल्जिया, स्लिप डिस्क, कशेरुका सम्बन्धी दुखाइ, फेसट जोइन्ट पेन, तथा ट्युमरजन्य दुखाइ भएका बिरामीहरूका लागि लक्षित गरिएको प्रतिष्ठानका हार्डजोर्नी विशेषज्ञ डा. प्रमोद बरालले जानकारी दिनु भयो । अपरेसन गर्न नपर्ने र सुई लगाएर निको हुने खालका समस्याको उपचार यो पद्धती अनतगृत पर्दछ । यो सेवा एनेस्थिेसियाले दिने डा. बरालले जानकरी दिनु भयो । 

रेडियोफ्रिक्वेन्सी एब्लेशन उपचारमा रेडियोफ्रिक्वेन्सी करेन्ट प्रवाह गरेर पीडित स्नायुको संवेदनशिलता कम गरिन्छ, जसले दीर्घकालीन राहत दिन्छ । यो प्रक्रिया फ्लुओरोस्कोपी प्रविधिको प्रयोगमार्फत सुरक्षित र सटिक स्थानमा केन्द्रित गरिन्छ, जसले उपचारको प्रभावकारिता बढाउँछ ।

यस्तै प्रतिष्ठानले सुरु गरेको दोस्रो सेवा डेक्सा स्क्या सेवा पनि सुरु गरेको छ । यसबाट शरीरमा रहेको हड्डीको घनत्व अर्थात् क्याल्सियमको मात्रा मापन गरिन्छ । यसले अस्टियोपोरोसिस जस्ता हड्डीसम्बन्धी रोगहरूको प्रारम्भिक अवस्था पहिचान गर्न सहयोग गर्छ । सरल भाषमा यो प्रविधी मानिसको हड्डी कति बलियो छ वा कमजोर भयो भनेर पहिचान गर्ने प्रविधी भएको डा. बरामले जानकारी दिनु भयो ।  

उनका अनुसार यो सेवा ५० वर्ष माथिका महिला, हड्डीसम्बन्धी समस्या भएका बिरामी, दीर्घकालीन औषधि सेवन गरिरहेका बिरामी, तथा क्यान्सर उपचारमा रहेका बिरामीहरूका लागि अत्यन्त उपयोगी हुनेछ ।