धरान / इलाका प्रहरी कार्यालय धरानमा रहनुभएका डिएसपी प्रकास जबेगु धरानबाट  सरुवा भएर विहीबार भक्तपुर जिल्ला प्रहरी परिसर हाजिर हुदैंछन् ।   करिव १४ महिना धरानको प्रहरी प्रमुख भएर काम गर्नु भएका डिएसपी जवेगुले यहाँका नागरिक समाज राजनीतिक दलहरुलाई उपयोगी सुझावसमेत दिनुभएको छ ।  उहाँले धरानको नेतृत्व सम्हाले पछि धरानमा बढ्दो सहरीकरणसँगै अपराध नियन्त्रण, लागूपदार्थ दुर्व्यसनी र शान्ति सुरक्षाको चुनौतीको सामना गर्दै नयाँ तथा पुराना मुद्दाहरू फर्छ्यौटमा पनि निकै क्रियाशिल हुनु भएको थियो । 

तथ्याङ्क अनुसार ५३४ वटा मुद्दाहरू ३९० वटा मुद्दा किनारा लगाइएको छ । २ वर्ष हद म्याद भई अनुसन्धानका क्रममा रहेका १४४ मुद्दा कारबाहीको क्रममा छन् । 

अदालतबाट फैसला भई जेल सजाय, दण्ड जरिवाना तोकिएका तर फरार कैदीहरू २६८ जना पक्राउ गरिएको छ । पक्राउ गरेसँगै अदालतले तोकेको उनीहरूको कुल ६३ वर्ष १ महिना ११ दिन कैद र तोकिएको २५ लाख २ हजार ५६८ रुपैयाँ १८ पैसा जरिवाना असुल उपर गर्न इलाका प्रहरी धरानले योगदान पुर्‍याएको छ ।  उहाँको कार्यकालमा इलाका प्रहरीले कुल १ करोड ७६ लाख ८ हजार ७८६ राजश्व सङ्कलन गरेको छ ।

भक्तपुर प्रहरी परिसरमा शुक्रबार हाजिर हुन लाग्नु भएका डिएसपी जवेगुले धरान छाड्दा छाड्दैं धरानका लागि चार सन्देश छाडेका छन् । बुधबार मजदुर युवा नेता भीमज्वाला राईसहितकाे टाेलीसँग विदाई भेटमा डिएसपी जवेगुले भन्नु भयाे:

१. धरानमा लागुऔषधको समस्या विकराल छ । लागुऔषध ओसारपसार र विक्रि वितरण प्रहरीको तथ्यांकमा दैनिक बढ्दैं गएको देखिन्छ । यसलाई न्युनिकरण गर्न प्रहरी मात्र जिम्मेवार र प्रयाप्त होइन् । यहाँको नागरिक समाज, राजनीतिक दलहरु क्रियाशिल हुनु पर्दछ । धरानमा व्यापारका रुपमा पुनस्थापन केन्द्र विस्तार भएका छन् । उनीहरुको विस्तार हुनुभनेकै दुव्र्यशनी बढ्नु हो । यि सुधार केन्द्रहरु राज्यको मापदण्ड अनुसार नभएसम्म यहाँ बसेर दुव्र्यशनीमा फसेका युवाहरु सुधार गर्न सकिदैंन् । युवा देशका कर्णधार हुन् । साथीभाई, लैलैमा लागुऔषध कारोवार र सेवनमा फसेका युवाहरुलाई सुधार गर्न टोलटोलमा अभियान जरुरी छ । उनीहरुलाई नैतिक शिक्षाको पाठ दिनुपर्दछ । आफ्नो देश, आफ्नो कर्तव्यबारे उनीहरुलाई बुझाउन सकिएन भने जति बर्षसम्म सुधार गृह र जेल हाले पनि सुधार्न सकिदैंन् । 

                                                                                        .............................................

२. धरान सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक सद्भाव कायम रहेको सहर हो । यहाँ राजनीतिक दलहरुविच एकता र सहकार्य रहेको छ । यहाँका नागरिकको सामुहिक भावन छ । यो सकरात्मक विषय हो । पछिल्लो समय भने सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक सद्भावलाई खलवलाउन केही तत्व सक्रिय भएको पनि पाइएको छ । धरानको शान्ति सुरक्षामा यो एउटा चुनौतीको रुपमा देखा परेको छ । यसलाई समाना गर्न दलहरु, नागरिक समाजको अझ सक्रियता र समन्वय जरुरी पर्दछ । 

                                                                     .............................................

३. कुनै पनि अपराधमा संलग्न व्यक्तिलाई सुधार गर्न जेल पठाउनु मात्र समाज सुधारको संकेत मान्न सकिदैंन् । अव समाजमा खुल्ला जेलको अवधारणा पनि ल्याउनुपर्दछ । जो लामो समयसम्मको कैद तोकिएर भुक्तान गरिरहेको हुन्छ त्यस्ता व्यक्तिहरुलाई श्रम गर्न र उत्पादनसँग जोड्न श्रम शिविर सञ्चालन गर्नु उपुक्त हुन्छ । जेलमा रहेका व्यक्तिहरका लागि राज्य अर्वऔं खर्च गरिरहेको छ । तर ती व्यक्तिहरुलाई सजाय भुक्तानको आधारमा श्रम शिविर सञ्चालन गरेर उनीहरुको श्रम र सीपलाई उत्पादनमुलक काममा लगाउनु उपयुक्त हुन्छ । सरकारले यतातिर पनिध्यान पुर्याउनु राम्रो हुने छ । 

                                                                                .............................................

४. मितव्ययी र समुन्नत राष्ट्र बनाउन यहाँ भएका जनशक्तिलाई भरपुर सदुपयोग गर्ने वातावरण तयार गर्नु पर्दछ । नेपाल प्रहरी समुदायको सुरक्षाका लागि क्रियाशिल छ । सशस्त्र प्रहरी समिा सुरक्षामा छ । नेपालमा कुनै शक्तिसँग सामाना गर्नु पर्ने अवस्था नरहेकाले सरकारसँग रहेको सेनालाई उत्पादनमुलक काममा उपयोग गर्ने राज्यको रणनीति हुने हो भने मुलुक फेरिन समय लाग्दैंन् । 

FB_IMG_1758779896030