धरान  / दशैं पारिवारिक मिलनको पर्वको रुपमा लिने गरिन्छ ।  घरबाट टाढा भएकाहरू पुर्ख्यौली घर अर्थात जन्मघर फर्कने पुरानै परम्परा छ ।

विभिन्न कारणले घरबाट टाढा भएकाहरू दशैं मनाउन घर फर्किने गर्छन् । जस्तोसुकै सकसपूर्ण यात्रा भए पनि दशैंमा घर जान सबैलाई हतारो हुन्छ । 

विद्यार्थी र कर्मचारीहरुले विदा पाइसकेका छन् ।  आज फुलपातीको अघिल्लो दिन धरानबाट पूर्वी पहाडी जिल्ला पुर्खौली घर जानलाई धनकुटा, भोजपुर, सङ्खुवासभिा, तेह्रथुम, खोटाङलगायतको जिल्ला जानलाई गाडीहरुमा भीड बढेको छ ।  दशैंको टीकाको दिन नजिकिंदै गर्दा काठमाडौंबाट गाउँघर फर्किनेहरुको संख्या ह्वात्तै बढेको छ ।

कोशी करिडरको प्रवेशद्वार धरानबाट आज विहानैदेखि पहाड जानेहरुको चहलपहल बढेको छ । भानुचोकमा भीड लागेको छ । 

micro 1

bus counter

micro