धरानमा प्रकाश लकान्द्री एउटा सफल युवा व्यवसायीहरुको रुपमा उदाएका छन् । हाल द नेक्स्ट कन्सन्ट्यान्सी स्रचालन गरेर बसेका छन् । विदेश अध्ययन गर्न जानेहरुलाई विना झन्झट सुलभ तरिकाले पठाउने उनको कर्म रहेका छ । यही भदौ १९ देखि अस्टे«लियनका विभिन्न कलेजहरुमा भर्ना गर्ने कार्यक्रम गर्ने भएका छन् । द नेक्स्ट अस्ट्रेलियन एडमिसन डेको विषयमा उनकै शब्दमा बुझौः
द नेक्स्ट अस्ट्रेलियन एडमिसन डे
 हामीले मंगलबार भदौ १९ गते एडमिसन डे आफ्नै पुतली लाईनको भवनमा गर्न गईरहेका छौ । विशेषत अहिले परीक्षा दिएर बसीरहनु भएका विद्यार्थीहरुका लागी प्लस टु, ब्याचलर्स र नर्सिङका लागी फोकस गरेर यो कार्यक्रम चलाएका हौ । यतिबेला क्ष्भ्ीत्क् गरेका वा गर्न लागेका विद्यार्थीहरुलाई हामीले यो कार्यक्रम पूर्ण रुपमा डकुमेन्ट्स ल्याएर आएमा अन द स्पट नै डकुमेन्ट्स अगाडी बढाएर भर्नाका र अफर लेटरको प्रकृया गर्न सकिन्छ । सबै विद्यर्थीहरुमा डकुमेन्ट्स कसरी फर्वड गर्ने, के के डकुमेन्ट्स आवश्यक पर्दछ, आर्थीक कुराहरु के के हुन जस्ता कुराहरु विद्यार्थी र अभिभावकलाई कलेजका प्रतिनिधीले जानकारी गराउने छन ।
भर्ना प्रक्रिया र योग्यता
एडमिसन डे का दिन प्लस टु लेभल देखि ब्याचलर्स र मास्र्टस लेभल अध्ययनका लागी प्रकृया गर्न पाउनेछन । अन्डर ग्रेजुएट देखि पोष्ट ग्रेजुएट सम्मको तहमा विद्यार्थीले प्रकृया अगाडि बढाउन पाउनेछ ।
द नेक्स्ट अस्ट्रेलियन एडमिसन डे गर्नुको उद्देश्य
 यसको प्रमुख उद्देश्य भनेको विद्यार्थीलाई सम्पूर्ण आर्थिक तथा शैक्षिक डकुमेन्टेसन, आईइएलटिएस(IELTS) स्कोर सबै भएका विद्यार्थीले यि सबै लिएर आएमा १ वा २ दिन भित्र नै अफर लेटरका लागी सहज तरिकाले प्रकृया पुगोस भन्ने हो । यसका साथै पूर्वमा यस्ता एडमिसन डे धेरै भएका छैनन । भोलि अस्ट्रेलिया गई पढ्नका लागी के के नियम, पढाईका कुरा साथै अन्य सबै कुरा जानकारी दिने अर्को उद्देश्य रहेको छ । यो संगै पूर्वमा विशेष गरी धरानमा शैक्षिक माहौल बनाउन र धरानलाई शैक्षिक हब बनाई वैदेशिक अध्ययनका लागी टेवा पुगोस भन्ने उद्देश्यका साथ यो कार्यक्रम संचालन गरेका छौ ।
  अस्ट्रेलियन युनिर्भसिटी र कलेजको सहभागीता
यस एडमिसन डे अस्ट्रेलियाका २ वटा सेन्ट्रल क्विन्सल्यान्ड युनिर्भसिटी र साउर्थन क्रस युनिर्भसिटी रहनेछ । कलेजमा क्वीन्फोर्ड कलेज, स्काईलाईन ईन्टरन्यासनल कलेज, अस्टे«लियन ईन्स्टच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अस्ट्रेलिसियन ईन्टरन्यासनल एकेडमी, अस्ट्रेलियन हार्वर ईन्टरन्यासनल कलेज, रान्सर्फोड कलेज, सिड्नी सिटी कलेज, भाईव कलेज, क्याम्ब्रीज ईन्टरन्यासनल कलेज, स्ट्राथफिल्ड कलेज र क्यान्टब्युरी कलेज गरी जम्मा ११ वटा कलेजको सहभागी रहने छन ।
विद्यार्थीलाई पुग्ने फाईदा
 विद्यार्थीले मेरो पढाई के छ, मेरो स्कोर के छ र मेरो घरको आर्थिक अवस्था अनुसार अस्ट्रेलियाका कुन लोकेसनको कुन युनिर्भसिटी वा कलेज भर्ना पाईन्छ भन्ने जान्न सक्छन । भर्ना पाईसकेर अफर लेटर मात्र पाएर हैन भोली भिसाको ग्यारेन्टी हुनलाई मैले के के कुराहरु अपनाउनुपर्छ भन्ने पूर्ण जानकारी पाउनेछ । यो संगै भर्खरै प्लस टु दिएर बसेका विद्यार्थी जसलाई विदेशका बारेमा थाहा नभएकालाई आएर मैले यो डकुमेन्ट्स बनाउनु पर्छ, शैक्षिक योग्यता यति हुनुपर्छ, (IELTS) स्कोर यति हुनुपर्छ त्यसपछि मात्र यो युनिर्भसिटी वा कलेजमा भर्ना पाउ“छु भन्ने कुराको जानकारी हुन्छ । अर्को कुरा यस डे मा आउने जति पनि विद्यार्थीहरुले नाम टिपाएर रेजिस्ट्रेसन गराए बापत IELTS पढ्नलाई ५० प्रतिशत छुट समेत पाउनेछन ।
अस्टेलिया पढ्न जान लाग्ने शुल्क
 झट्ट सुन्दा फि महगो छ । बाहिरका विद्यार्थीहरुलाई २० देखि ३० प्रतिशत मात्र छात्रवृति प्रदान गरीएको छ । त्यो हिसाबले युनिर्भसिटीमा २२ देखि २८ लाख सम्म र कलेजमा १२ देखि १५ लाख सम्म कलेज र फ्कल्टीका आधारमा लाग्ने गरेको छ । हामीले चाहेर पनि यो भन्दा कममा विद्यार्थीलाई लैजान सक्दैनौ किनकी अस्ट्रेलियाबाट नै फि तोकिएर आएको हुन्छ, जसमा हामीले १ रुपैया“ पनि फाईदा नराखि विद्यार्थीहरुलाई सेवा दिएका छौ । अस्ट्रेलियाको अध्ययनका लागी संसारमा चिनीएको छ र त्यहाँको बसाईका कारण महँगो देखिएको हो ।
के हो द नेक्स्ट
धरानमा द नेक्स्टको शाखा ल्याएको छ महिना भएको छ । यसको मुख्य कार्यलय काठमाडौंको डिल्लीबजारमा रहेको छ । यसको शाखा बुटवल, पोखरा, चितवनमा २ ठाँउ लगायत अस्टे«लियामा सिड्नी र पर्थमा रहेको छ । यति धेरै शाखा भएको द नेक्स्टमा  अस्ट्रेलियाका धेरै युनिर्भसिटी र कलेजसंग सम्बन्धन रहेको छ । यसका बावजुत धरानमा यसको शाखा नभएकाले विद्यार्थीको माग सहित हामिले यसको शाखा धरानमा ल्याएको हो । अस्टे«लियाका धेरै युनिर्भसिटी र कलेजसंग सम्बन्धन भएका कारण छोटो समयमा धेरै विद्यार्थी र अभिभावक यो प्रति आर्कषित हुनुभएको छ । द नेक्स्ट अस्ट्रेलियामा अध्ययनका लागी राम्रो शैक्षिक परार्मश दिने धरानको एकमात्र संस्था हो ।

safe_image