धरान÷ धरान–९ स्थित सहयात्री वचत तथा ऋण सहकारी संस्था लि.मा नयाँ नेतृत्व चयन भएको छ ।
शुक्रवार भएको दशौं साधारणले नया नेतृत्व चयन गरेको हो ।
साधारण सधाले काजी गिरीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सूर्य बहादुर श्रेष्ठ निर्वाचित भएकाछन् ।
अन्य सदस्यहरुमा गजेन्द्र लम्जेल,चन्द्रकला कट्वाल,गणेश भुजेल,विरेन्द्र कार्की,विमला भट्टराई,भक्तकुमारी खनाल(वेघा) तारा भुजेल चयन भएकाछन् ।
त्यसैगरी लेखा समितिमा संयोजक विष्णु गौतम,सदस्यहरुमा रामकुमार दास,एकराज गिरी निर्वाचित भएकाछन् ।
अन्य उपसमिति भने निर्वाचित समितिको पहिलो वैठकबाट चयन गरीने लेखा समितिका सदस्य रामकुमार दासले जानकारी दिएकाछन् ।
जिल्ला सहकारी संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष नरेश कुमार इवारमको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संस्थामा उत्कृष्ठ कारोवार गर्ने वचत कर्ता,
उत्कृष्ट ऋण कारोवार गर्ने ऋणी र एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोरा छोरीलाई सम्मान गरीएको थियो ।
संस्थाले उत्कउष्ट कारोवार गर्ने शेयर सदस्यहरुलाई वार्षिक रुपमा सम्मान गदै आएको छ ।
काम गर्नेलाई प्रोत्साहन होस भन्ने उदेश्यले सो कार्यक्रमलाई निरन्तरता दिदै आएको लेखा सदस्य दासको भनाइ रहेको छ ।