धरान / धरान–३ स्थित माछा भौडीमा रहेको श्रीबुद्ध सप्लायर्सले विदेश तथा स्वदेशी पर्यटकहका लागि लक्षित गरि उत्पादन गरिएको शेर्पा ब्रुवरी क्यान वियर धरानमा भित्राएको छ । बुटवलकाे चैनपुरमा उत्पादन गरिएको ५ सय एमएलको क्यान वियरको लञ्चिङ कार्यक्रम रहेको धरानका अधिकारिक विक्रेता नविन तामाङले जानकारी दिए ।
दुई बर्ष अघिदेखि उत्पादन गरिएको उक्त वियर जौंबाट बनेको हो । पोखरा र काठमाण्डौमा मात्र सिमित यस वियरलाई पहिलो पटक धरान ल्याइएको तामाङले बताए । विशेष गरेर पर्यटकहरुलाई लषित गरेर बजारमा ल्याइएको वियर धरान, भेडेटार, नाम्जे, हिलेलगायतको स्थानमा विक्रि हुने बताइएको छ । अन्य वियर भन्दा केही महगो भए पनि स्वाद फरक रहेको कम्पनिले दावी गरेको छ । शुक्रबार धरान आसपासका व्यापारी, उद्योगी, व्यवसयी, बैकर्स, होटल व्यवासायी लगायत गरि ५ सय व्यक्तिलाई कार्यक्रममा निमन्त्रणा गरिएको श्रीबुद्धका संचालक तामाङले जानकारी दिए ।

sherpa_beer