धरान / सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्य बनाउने र डा। युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्री केपी ओलील ेलभिङ शुरु गरेका छन् ।
नेकपाभित्र विकसित पछिल्लो घटनाक्रम र सचिवालयको शक्ति सन्तुलनले खतिवडालाई निरन्तरता दिने प्रधानमन्त्री ओलीमाथि दबाब बढेको बताइएको छ । यता संकटका वेला आफूलाई साथ दिएका उपाध्यक्ष वामदेव गौतमले आफ्नो दाबेदारी पेस गरेपछि ओलीले विभिन्न विकल्प निकालेर छलफल गदैंअ ाएका छन् ।
आफू राष्ट्रिय सभा सदस्य भई सरकारमा जाने उपाध्यक्ष गौतमले सार्वजनिक रूपमै दाबी गरेका छन् । संसद् सदस्य नरहे पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाको जगमा पछिल्लोपटक फागुनमा अर्थमन्त्रीमा निरन्तरता पाएका खतिवडाको कार्यकाल २१ भदौमा सकिँदै छ । खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन २० भदौसम्म राष्ट्रिय सभा सदस्य बनाउनैपर्छ ।
ओली खतिवडालाई अर्थमन्त्रीमा निरन्तरताको पक्षमा छन् । यद्यपी बामदेवले राष्ट्रिय सभाामा जाने इच्छा गरे पछि ओलीलाई नैतिक संकट परेको छ ।
सचिवालयका बहुमत सदस्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष गौतम आफैँ, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा खतिवडालाई निरन्तरता दिन नहुने पक्षमा रहेको श्रोतले बताएको छ ।
बुधबार ओलीले गौतम र खतिवडा दुवैलाई राष्ट्रिय सभामा पठाउने विकल्पबारे पनि छलफल गरेका थिए ।
राष्ट्रिय सभामा गौतम कि खतिवडा भन्ने दुवै पक्षका आ–आफ्ना गृहकार्यबीच बिहीबार नेकपाको सचिवालय बैठक बस्दै छ । बैठकको पूर्वसन्ध्यामा दुई अध्यक्ष ओली र प्रचण्डबीच तथा अन्य शीर्ष नेताहरूबीच छलफल भए पनि राष्ट्रिय सभामा कसलाई पठाउने भन्ने सहमति बनेको छैन ।