धरान / धरान उपमहानगरपालिका वडा नं. १५ ले बालदिवसकोअवसरमा व्यक्तित्वकला प्रतियोगिता गरेको छ । २९ औँ बालदिवसको अवसरमा आयोजना गरेको व्यक्तित्वकला प्रतियोगितामा शिव गङ्गा बाल सञ्जालकी मेनुका दर्जी प्रथम भएकी छन ।
प्रतियोगितामा द्धितीय हिवीस्कस स्कुलको बाल सञ्जालका अनुप झा, तृतीय नवज्योती स्कुल बाल सञ्जालका प्रलाद भट्टाराई र निराजन बाल सञ्जालका विवेक विक सान्तोना पुरस्कार पाएका छन् । प्रतियोगिताको प्रथम पुरस्कार १२ हजार, अन्यलाई क्रमशः ३ हजार, २ हजार, र १ हजार पाए । बाल दिवसमा बालबालिकाको भुमिका’ विषयक कार्यक्रममा ८ जना बालबालिकाहरुले सहभगीताजनाएको धरान–१५ का वडा अध्यक्ष नरेश इवारमले जानकारी दिए । प्रतियोगिताको निर्णायकमा डिबी श्रेष्ठ रहेका थिए ।
वडा नं. १५ को लक्षित वजेट अन्र्तगत बालविकासको ५० हजार अािर्थक सहयोगमा भएको बाल सञ्जालकी सचिव प्रिन्सा लिम्बूले जानकारी दिइन । प्रमुख अतिथि वडा नं. १५ अध्यक्ष नरेश इवारमले बालबालिकाहरुले आफ्नो अधिकार स्थापित गर्न वजेटको खोजी गरि प्रयोग गरेकोमा खुशी व्यक्त गरे । बालबालिकाको व्यक्तित्व विकासका लागि वडाले यस्ता कार्यक्रम निरन्तर गरिने उनले बताए ।