काठमाडाै  / प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलमाथि परेको हिंसा सम्बन्धि मुद्वामा राईले अदालतबाट न्याय पाएका छन् ।
मुख्यमन्त्री राईसंग जोडेर बोल्दै आएकी महिलाले आँफु नै झुटो भएको र प्रमाण् नभएकोभन्दैं मुद्दा फिर्ता लिएपछि काठमाडौं जिल्ला अदालतले बुधबार आरोप खारेजीको फैसला गरेको छ ।

केही समय देखि मुख्यमन्त्री राईका बिषयमा अतिरञ्जित अभिव्यक्ति दिँदै अदालत सम्म पुगेकी बालिका खड्काले आरोप प्रमाणित गर्ने आँफुसंग कुनैपनि आधार नभएको न्यायाधीश न्यायाधीस राजुकुमार खतिवडासमक्ष साबिती बयान दिए पछि मुद्धा फिर्ता भएको हो । 

मूख्यमन्त्री शेरधन राईसँग अंश पाँउ भनी उजुर गरेकोमा अदालतको म्याद नपुग्दै निबेदिका बालिका खड्काले आफू अरुको उक्साहटमा परेर मुद्दा हालेको, बास्तवमा मेरो र शेरधन राईको बीचमा कुनै सम्बन्ध नरहेको, आफूसंग साबित गर्ने कुनै प्रमाण पनि नभएको भनि अदालतमा आफैं उपस्थित भइ गल्ती स्वीकार गरि मुद्धा फिर्ताको निबेदन दिएको देखिन्छ । सको मतलब र परिणाम समेत बादीलाई सम्झांउदा बुझाउंदा समेत मुद्दा फिर्ता लिन मन्जुर भइ सहिछाप समेत गरिदिएकोले प्रस्तुत मुद्वा मुलुकी देवानी कार्यविधी संहिता,२०७४ को दफा १९६ (९२) बमोजिम मुद्दा फिर्ता गरिएको भनी न्यायधिश राजकुमार खतिवडाको आदेशमा उल्लेख गरिएको छ ।

बालिका खड्ककाले मुख्यमन्त्री राईले आफुलाई यौनशिंसा गरेको भन्दैं सार्वजनिक अभिव्यक्ति दिदैं आएकी थिइन । मुख्यमन्त्री राईले आफ्नो चरित्रहत्या गर्न यस्तो हर्कत गरेको बताउदैं आएका थिए ।

paper