धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पछि अर्को आन्दोलन शुरु भएको छ । प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी प्रतिष्ठानका समस्या सुल्झाउन भन्दा कमिसनवाला टेण्डर, सामान खरिदमा बढि ध्यान दिन थाले पछि यहाँका शिक्षक, चिकित्सक र कर्मचारीहरुले चरणबद्ध आन्दोलन शुरु गरेका हुन ।
मंगलबार दैनिक ज्यालादारी कर्मचारीहरुहरले तत्काल करार गर्न माग गर्दै उपकुलपति र रजिष्टारको कार्यालयमा पुगेर नारावाजी गरे । उनीहरुले उपकुलपतिका प्रशासनिक सल्लाहकारले गेष्ट हाउस दुरुपयोग गरेको, अनावश्यक एकलाख तलव लिएको भन्दै प्लेकार्डमा लेखेर विरोध जनाएका थिए । उनीहरुले एक लाखे सल््लाहकार चाहिदैन, प्रतिष्ठानको सम्पति दुरुपयोगगर्न पाइदैन भन्ने नारालेखेर नारावाजी गरेका थिए ।
प्रतिष्ठानका रजिष्ट्रार कार्यालय अघि नाराबाजी गरि उनीहरुले रष्ट्रिार प्राडा मोहनचन्द्र रेग्मीलाई माग पत्रसमेत बुझाएका छन् ।
ज्यालादारी कर्मचारीहरुले २ बर्ष समय पुगेका कर्मचारीहरुलाई तत्काल करार गर्न, जोखिम भत्ता उपलब्ध गराउन, करारलाई परर्फमेन्स करार गर्न, कर्मचारी समाजको निर्वाचन गराउन, ठेकेदारलाई दिएको कोठा खाली गर्न, आन्तरिक बढुवा चाडो गर्न पनि माग गरेका छन् । साथै कर्मचारी, नर्सिङ, प्राविधिकहरुलाई पनि तुरुन्त कोठा उपलब्ध गराउन, मनपरि सरुवा बन्द गर्न, प्रतिष्ठानको सम्पत्ति दुरुपायोग बन्द गर्नलगायत माग गरेका छन् । प्रतिष्ठानमा दैनिक ज्यालादारी एक सय २० जना कार्यरत रहेको आन्दोलनमा सहभागी जुनियर फोरम्यान किरण भट्टराईले जानकारी दिए ।
एक साता भित्र आफुहरुको माग पुरा नभए अनसन बस्ने भट्टराईले चेतावनी दिए । कर्मचारीलाई तलब खुवाउन नसकेको भन्ने तर पदाधिकारीले अनावश्यक कर्मचारी भर्ना गरिरहेको भन्दै विरोध जनाएका छन् । उपकुलपतिको सल्लाहकारलाई गेष्ट हाउसमा राखेर खर्च गर्ने, गाडी दुरुपयोग गर्ने काम भइरहेको पनि उनीहरको आरोप थियो ।
रजिष्ट्रार प्राडा रेग्मीले ज्यालादारी कर्मचारीहरुकोजाहेज मागलाई सुनुवाई गरिने बताएका छन् । कोरोना विमा भइसकेको उनले बताए ।
सिनियर कर्मचारीहरूले पनि गत मङ्गलबार प्रतिष्ठानका रजिष्ट्रार प्राडा. मोहनचन्द्र रेग्मीसमक्ष डेलिगेसन गएका थिए । पहिला प्रतिष्ठानमा कर्मचारीहरू २–२ वर्षमा स्थानान्तरण गर्ने प्रचलन थियो । तर, अहिले उपकुलपति गिरीले जथाभावी सरुवा, नियुक्ति गर्न थालेको कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईले बताए ।
अढाई बर्षदेखि रोकिएको बढुवा प्रक्रिया गर्न तर तलव वृद्धिको माग राखी फ्याकल्टी चिकित्सकहरु पनि एक सातादेखि आन्दोलन गदैं आएका छन् । प्रतिष्ठानका सिनियर चिकित्सकहरूको छातासंस्था चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजमा आबद्ध चिकित्सकहरू अढाई वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु गर्नुपर्ने, सरकारले वृद्धि गरेको तलब उपलब्ध गराउनु पर्ने माग राखेर दैनिक आन्दोलनमा उत्रिएका छन् ।
चिकित्सक समाजले माग गरेका सबै बुँदा प्रतिष्ठानको हितमा छ तर, उपकुलपतिले चासो नै नदिएपछि राजीनामासमेत मागिएको छ । समाजले सरकारले दिएको निर्देशनअनुसार सर्वसाधारणको हितमा हुने गरी प्रतिष्ठान आफैले औषधि बिक्री कक्ष फार्मेसी सञ्चालन गर्नुपर्ने, चिकित्सकहरूलाई दिइने नियमित टिचर्स ट्रेनिङ र रिसर्च ट्रेनिङको कार्यक्रम जारी राख्नुपर्ने, प्रतिष्ठानबाट निस्कने मेडिकल फोहोर मैलालाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्नुपर्ने माग राखेरआन्दोलन गदैंआएका छन् । तर उनीहरुको जाहेज मागलाई थाती राखेर उपकुलपति भने गैरकानुनी कर्मचारी नियुक्ति गरेर झन व्ययभार बढाउदैं आएका छन्
यस्तै समाजले प्रदेश १ र २ बाट बिरामी रिफरल हुनेगरी सरकारले बनाएको रिफरल चेनलाई चुस्तदुरुस्त पार्नुपर्ने, कोभिड अस्पतालमा नेगेटिभ प्रेसर आइसियु, प्रयोगशाला, रेडियोलोजी र अप्रेसन कक्षसहितको स्वास्थ्यकर्मी तथा बिरामीको यथेष्ट सुरक्षाको प्रत्याभूति हुनुपर्ने, हरेक महिना फ्याकल्टीसँग शुल्क असुल्न नबिर्सने प्रशासनले आवासको नियमित मर्मत नगरी उठाएको शुल्कको खर्च पारदर्शी हुनुपर्ने पनि माग राखेका छन् ।





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!