धरान / धरानको बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसमम्म कोरोना सङ्क्रमणले ११६ जनाको ज्यान गएको छ ।
पूर्वका विभिन्न स्थानबाट उपचारका लागि ल्याइएको ११६ को ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार पछिल्लो समय आज राती १२ः२५ मा झापाको बिर्तामोड ८ की ४५ बर्षीय एक महिलाको ज्यान गएको छ । उहाँलाई यही मङ्सिर १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको सहप्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
बिपी प्रतिष्ठानमा कोरोना सङ्क्रमितको मृत्यु सङ्ख्या ११६ पुग्यो, आज राती थप एक महिलाको मृत्यु




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!