धरान / धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टरनेट सेवा दिदैं आएको सुविसुले महगो शुल्क लिएर कमजोर सेवा दिदैं आएको रहस्य खुलेको छ । नीजी कम्पनीे सुविसुले ६ गुना वढि अर्थात प्रति एमपीएस १३ हजार ३ सय ३० रुपैया लिएको पाइएको छ । जवकी नेपाल दुर सञ्चार सस्थानले प्रति एमवीपीएस इन्टरनेट सेवा २ हजार ६ सय ५२ रुपैया ३७ पैसामा प्रदान गर्छ ।
कम्प्युटर शाखामा कार्यरत कर्मचारीहरुको सेटिङमा सुसवसुले प्रतिष्ठानमा ठगी गरिरहेको पाइएको छ । सो ठगीको फाइदा त्यहाँका कर्मचारीहरुले लिइरहेको पाइएको छ ।
कम गुण्स्तर सेवाका कारण विद्यार्थी चिकित्सकहरुलाई इन्टरनेट सेवामा समस्या भए पछि प्रतिष्ठान प्रशासनमा गुनासो गरेका थिए । तर पदाधिकारी, कर्मचारीहरुको मिलेमतो भए पछि सुनुवाई भएको थिएन् । बरिष्ठ चिकित्सकहरुले सुविसुको सेवा हटाउन माग गदैं आन्दोलन नै गरे पछि प्रतिष्ठानका रजिष्टार प्राडा मोहनचन्द्र रेग्मीले डा. विजय खनालको संयोजकत्वमा छानविन समिति बनाउनु भएको थियो । उक्तछानविन समितिको प्रतिवेदन सावैजनिक भए पछि कर्मचारीको मिलेमतोमा सुविसुले ठगी गरिरहेको खुलेको हो ।
प्रतिष्ठानका एक कर्चमारीका अनुसार कम्पनीसँग मोटो रकम कमिशन खाई स्वयम त्यहाका भीसी र अस्पताल निर्देशक र केहि कर्मचारीहरुको मिलेमतोमा व्रम्हलुट भइरहेको पता लागेको छ । झण्डै ४ हजार आवासिय कर्मचारी, विद्यार्थी र डाक्टरहरु र अस्पताल प्रशासनले प्रयोग गरी रहेर्को न्टरनेट सेवा लिन सन २०१७ देखि सुविसुलाई तत्कालिन उपकुलपती प्राडा वलभद्र दासले ठेक्का दिनु भएको थियो । उहाँका भजिता जो प्रतिष्ठानका कम्प्युटर शाखाका प्रमुख हुनुहुन्छ उहाँलाई कर्मचारी बनाएर त्यति वेला ३० एमवीपीएस मात्र ईन्टरनेट सेवा लिने सम्झौता भएको थियो । तर हालका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले सो सेवालाई वडाएर ५० एमवीपीएस पुर्याइएको थियो । तर त्यति महगो पैसा तिरेर पनि सेवा भने ज्यादै कमजोर हुन थाले पछि त्यहाका डाक्टर विद्यार्थीहरु आक्रोसित भएको थिए ।
सात सदस्यीय छानविन समितिले विना प्रतिस्पर्धा लामो समय काम गरेको र कम गुणस्तरको सेवा दिएकार अत्याधिक मह्गो शुल्क लिएको विषयको प्रतिवेदन उपकुलपति गिरीलाई १५ दिन अघि नैबुझाएको छ । तर सो विषयमा उपकुलपति गिरी हालसम्म बोल्नु भएको छैन् । चिकित्सक विद्यार्थीहरुकोको गुनासो आए पछि छानविन समिति बनाएर प्रतिस्पर्धा गराएर नयाँ कम्पनिलाई दिन आफुले सिफारिस गरेको रजिष्टार रेग्मीले बताउनु भयो ।
प्रतिष्ठान भित्र कमिशन र भ्रष्टचारको किर्तिमानी
नीजि नसिंङ होम चलाएर बसेका वर्तमान उपकुलपति प्राडा गिरीलाई तत्कालिन स्वास्थ्य मन्त्री भानुभतm ढकालको निगाहामा उपकुलपतीमा नियुतm गरे देखि प्रतिष्ठान भित्र भ्रष्टचाररकमिशनको नयाँ नयाँ खेल सार्वजनिक हुन थालेका छन् । प्राड गिरी आए पछि प्रतिष्ठानमा व्यापारीसँगको साँठगाठमा हुने विकृती हट्ने आशा गरिए पनि झन नयाँ नयाँ किर्तिमान खडा गर्न थालेको छ । उहाँकै पालकामा कोविड अस्पतालको औषधी खरीदमा चरम अनियमितता भए पछि अस्पतालका २ जना डाक्टर र कर्मचारीले राजिनामा दिनुभएको थियो । विना प्रतिष्पर्धा औषधी तथा कोविडको सामान खरिद गरेर भ्रष्टचार मुद्धा खेपिरहेका व्यापरीहरुसँग मिलेर अनियमितता गरेको सार्वजनिक भएको थियो । शुरुमा दिलिप भट्टराईलाई सहयोगि राखेर काम गर्दा आलोचित हुनु भएको थियो । भट्टराईको कमिशन र कर्मचारीमाथिको दादागिरी बाहिरिए पछि प्राडा गिरीले उनलाई विदा गर्नु भएको थियो ।
अहिले फेरी आफ्नै भाई अभिशेक गिरीलाई प्रतिष्ठान प्रवेश गराएर केही व्यापारी, कमिशनखोरहरुको अनुकुलमा काम गराउदैं आएको बताइएको छ । औषधी आपूर्तिमा अनियमितता गरेको प्रमाणि भई विश्ष अदालतमा मुद्धा खेपिरहेका धरानका औषधी व्यापारी चेतन अग्रवाल, पूर्व उपकुलपति प्राडा विपी दासको सेटिङमा काम गर्दा प्राडा गिरी बद्नाम भएको प्रतिष्ठानका एक अधिकृत बताउनु हुन्छ । यस विषयमा उपकुलपति प्राडा गिरीसँग फोन सम्पर्क गर्दा उहाँले फोन उठाउनु भएन् ।
अस्पताल निर्देशक लोभिए
ग्यास प्लान्ट, औाषधी खरिद, सर्जिकल सामान खरिदलगायतमा व्यापक अनियमितता हुने गरेको छ । ग्यास प्लान्ट खरिदमा अनियमितता भई कम्पनिलाई कालो सूचिमा राख्न सिफारिस गर्ने अस्पताल निर्देशक समेत त्यही समुहसँग मिलेको पाइएको छ । २०७५ सालमा अक्सिजन प्लान्ट आपूर्ति गर्ने डाइग्नोकेम इन्टरनेसलन कम्प्निले समय ग्यास जडान नगर्दा प्रतिष्ठानलाई करोडौैको घाटा भएर कोलो सूचिमा राख्न सिफारिस गरिएको थियो । अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले ४ पेज लामो प्रतिवेदन उपकुलपति समक्ष बुझाउनु भएको थियो । तर त्यति बेला कारवाहीको लागि सिफारिस गर्ने अस्पताल निर्देशक साहले कोभिड अस्पतालमा गयस जडान गर्न त्यही कम्पनिलाई सिफारिस गरेर अनियमिततामा हौसाएका छन् । उहाँका विरुद्ध अख्तियार अनुसन्धान आयोगमा उजुरी समेत परेको प्रतिष्ठानका एक अधिकृतले जानकारी दिनुभयो । अक्सिजन प्लान्टको विषयमा अख्तियारले अध्ययन गरिरहेको छ ।
बिपी प्रतिष्ठानमा व्रम्हलुट, कर्मचारी, पदाधिकारीहरुको सेटिङमा आर्थिक अनियमितता




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!