उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमालेले प्रारम्भिक नतिजामा अग्रता लिएको छ। एमालेका उम्मेद्वार कालुमान लामाले २७७ मत प्राप्त गर्दा काङ्ग्रेसका खगेन्द्र राईले २०० मत प्राप्त गनुृ भएको छ । त्यसैगरी नेकपा(एस)का नरेन्द्र कुमार राउतले ४८ मत प्राप्त गर्नु भएको छ ।
उपमेयरमा एमालेले २९१ मत प्राप्त गरेको छ भने २०३ मतका साथ नेपाली काङ्ग्रेसले पछ्याईरहेको छ । त्यसैगरी माओवादी(केन्द्र) ले १४ मत प्रप्त गर्दा अन्य उम्मेद्वारको शुन्य रहेको निर्वाचन अधिकृतले जानकारी दिनु भयो । वडा न १ मा अध्यक्षमा एमालेका सिताराम राइले २ सय ९५ काङ्ग्रेसका रोहितमान तामाङले १ सय ९८ र स्वतन्त्र उम्मेदवार सन्तोष राइले ७३ मत प्राप्त गर्नु भएको छ । हाल १ नं. वडाको मत गणना भइरहेको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!