धरान । कानूनी विषयमा अध्ययन गर्न चाहने विद्यार्थीको लागि कक्षा–११ देखि नै धरान–१५ स्थित हिविसकस इंग्लिस स्कुलले अध्यापन गराउने गरेको छ ।
उक्त स्कुलले नयाँ शैक्षिक शत्र शुरु भएसँगै विद्यार्थी भर्ना लिएर कानुन विषयमा अध्यापन गराउँदै आएको छ । स्कुलका डाईरेक्टर गंगाराम कुलुङका अनुसार दुई वर्ष अघि देखि नै एसईईमा उतीर्ण भएका विद्यार्थीहरुलाई भर्ना लिएर कानुन विषयको अध्यापन शुरु गरेको हो ।
श्याम चौकमा रहेको उक्त स्कुलले निजी क्षेत्रको स्कुलहरु मध्ये पहिलो पटक धरानमा कक्षा ११ देखि नै कानुनको विषयमा पढाउन शुरु गरेको डाईरेक्टर कुलुङको दावी रहेको छ । उहाँका अनुसार कक्षा ११ देखि नै कानुनको विषय पढ्ने भएकाले पछिल्लो समय कानुन पढ्न चाहाने विद्यार्थीको आकर्षण वढ्दै गएकाले पनि हरेक वर्ष नविनतम् योजना सहित निरन्तरता दिदैं आएको वताइएको छ ।
कुलुङले भन्नु भयो,‘कानुनी विषय अपरिहार्य विषय वस्तु अन्र्तगत पर्दछ,कानुनी विषयमा योग्य तथा सक्षम वनाई रोजगारी समेत हुने भएकाले पनि विद्यार्थीहरुले यही विषयमा पढ्न रुची वढाउनु स्वाभाविक हो,त्यसैले हामीले एसईईमा उतीर्ण विद्यार्थीहरुको माग र आवस्यकतालाई ध्यान दिएर कानुन विषयको अध्ययन गराउन शुरु गरेका हौं।’
कानुन विषय लिएर कक्षा ११ र १२ उतीर्ण गरि सकेपछि विद्यार्थीले आफैं लेखापढी सेन्टर खोलेर रोजगारीको सृजना हुने भएकाले पनि विद्यार्थीहरु कानुन विषयमा रुची राख्ने गरेको स्कुलले वताएको छ । हिविसकस इंग्लिस स्कुलमा कानुनको विषयलाई पहिलो प्राथमितकता दिएको भने विज्ञान विषय समेत पढाई हुने गरेको छ । सहित कानुनको विषयमा विद्यार्थीको रुची वढ्दै गएकाले पनि स्कुलले निकट भविष्यमा नै एलएलवि कक्षाको सञ्चालन गर्ने पनि तयारी गरेको छ ।
सुविधा सम्पन्न भौतिक पूर्वाधार सहित गुणस्तरीय र रोजगारमुलक शिक्षामा जोड दिएकाले पनि उक्त स्कुलमा अहिले विद्यार्थीको भीँड लाग्ने गरेको छ । विसं २०६३ सालमा स्थापित भएको उक्त स्कुललले एसईईमा ए प्लस उतीर्ण विद्यार्थीको निम्ति पूर्ण छात्रवृति प्रदान गर्ने गरेको छ भने गरिव जेहेन्दार विद्यार्थीको लागि विशेष सह्ुलियतमा अध्ययन गराउँदै आएको छ ।
उक्त स्कुलमा अध्ययन गर्ने विद्यार्थीले हरेक वर्षको एसईईमा उत्कृष्ट अंक ल्याएर उतीर्ण हुने गरेका छन भने त्यहाँ नर्सरीदेखि कक्षा १२ सम्मको पढाई हुने गरेको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!