सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ।
साउन महिनाभर देशभरका शिवालय विशेष गरी धरानकाे पिण्डेश्वर, काठमाडाैकाे पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ। साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। यसैलेआज सोमबार उदयपुर जिल्लाका विभिन्न मठ मन्दिर , शिवालय ,खोटाङ को हलेसी काठमाडौं को पसुपतीनाथको मन्दिरमा बिहानै देखि भक्तजनको विशेष भीड लाग्ने गरेको छ।
विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा सप्तकाेशी नदिकाे जल ल्याएर चढाउने चलन रहेकाे छ । एक महिनाभरी माछा मासु नखाने, कपाल नकाट्ने चलन रहेकाे छ ।





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!