धरान / विश्व नेपाली साहित्य महासङ्घको १४औँ स्थापना दिवस तथा २१०औँ भानुजयन्ती भव्य कार्यक्रम गरि मनाइएको छ ।
विश्वभरी छरिएर रहेका विशिष्ट विद्वानहरूको बाक्लो उपस्थितिमा विश्व नेपाली साहित्य महासङ्घकोआयोजनामा जुम भर्चुअल सभा मार्फत यही असार २९ गते मनाइएको हो ।
करिव १२५ भन्दा बढी सहभागीहरू रहेको कार्यक्रममा सानीनानी चक्षु भट्टराईको भानुभक्तीय श्लोक वाचनपछि औपचारिक रूपमा सुरु भएको थियो । कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घका संस्थापक अध्यक्ष तथा सल्लाहाकार डा. मधु माधुर्य अमेरिका) र संस्थापक महासचिव, पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहाकार विश्वासदीप तिगेला(बेलायत)लाई महासङ्घको सर्वाङ्गीण विकास र नेपाली भाषा साहित्यको सेवा गर्नु भएको अमूल्य योगदानको कदर स्वरुप ‘विनेसाम शिरशोभा सम्मान’ द्वारा सम्मानसमेत गरिएको थियो । भानुभक्तका खनाती प्राडा व्रतराज आचार्य र भानुभक्तमाथि विद्यावारिधि गर्नुहुने डा. नवीनवन्धु पहाडी कार्यक्रमको प्रमुख वक्ता रहनु भएको थियो । कार्यक्रममा दर्जनौँ विद्वानहरूले भानुभक्तको बारेमा मन्तव्य राख्नु भएको थियो । दर्जनौँ सर्जकहरूले आआफ्नो सिर्जना वाचन पनि गर्नु भएको थियो ।
विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विश्वकवि तथा संस्कृतिविद् तुलसी दिवस प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथिहरूमा बसाइँ उपन्यास र यस्तै दर्जनौँ कृतिका सर्जक पद्मश्री लीलबहादुर क्षेत्री, त्यसैगरी नेपाल प्रज्ञा(प्रतिष्ठानका निवर्तमान उपकुलपति प्राडा जगमान गुरुङ, नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा भीम खतिवडा, सिक्किम विश्वविद्यालयकी नेपाली विभाग प्रमुख प्राडा कविता लामा, काशी हिन्दू विश्वविद्यालय भारतीय भाषा विभागका अध्यक्ष प्राडा दिवाकर प्रधान, बि बरुवा कलेज गुवाहाटी असमकी विभाग प्रमुख प्राडा इन्दुप्रभादेवी, भानु प्रतिष्ठानका अध्यक्ष तथा भानुभक्तका खनाती प्राडा व्रतराज आचार्य, त्रिचन्द्र कलेजका विभाग प्रमुख प्राडा गोविन्दमान सिंह कार्की, पद्मकन्या क्याम्पसका पूर्व विभाग प्रमुख प्राडा शैलेन्दुप्रकाश नेपाल, महेन्द्र मोरङ बहुमुखी क्याम्पस बिराटनगरका प्राडा वद्री विशाल पोखरेल, जे एन पि जी कलेज लखनऊका प्राडा नलीन रञ्जन सिंह, महेन्द्र बहुमुखी क्याम्पस धरानका डा रामजी तिमल्सिना, पद्मकन्या क्याम्पस काठमाडौँबाट डा प्रभा भट्टराई आचार्य, पद्मकन्या क्याम्पसबाट डा ज्ञानु अधिकारी, नीलकण्ठ क्याम्पस धादिङबाट डा नवीनवन्धु पहाडी को सहभागीता रहेको थियो ।
यस्तै सिक्किम विश्वविद्यालय भारतबाट डा देवचन्द्र सुब्बा, कञ्चनजङ्घा राज्य विश्वविद्यालय गान्तोकबाट डा टेकबहादुर क्षेत्री, उत्तरवङ्ग विश्वविद्यालय सिलिगुडीबाट डा डपछिरिङ् लेप्चा, न्यु कलेज स्वीन्डन बेलायतबाट डा मुलीवीर राई, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट डा शंकरप्रसाद गैरे, काशी हिन्दू विश्वविद्यालय बनारसबाट डा लक्ष्मीप्रसाद गौतम, नाम्ची गभर्न्मेन्ट कलेज दक्षिण सिक्किमबाट प्राध्यापक दुर्गाप्रसाद गौतम, पेदोङ गभर्न्मेन्ट कलेजबाट प्राध्यापक नवीन पौड्याल, सोनादा डिग्री कलेज दार्जीलिङबाट प्राध्यापक मेघनाथ क्षेत्री आदि उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरी अन्य विशिष्ट अतिथिहरूमा पूर्व महामहिम राजदुत भीम उदास, रोमानियाका अवैतनिक महावाणिज्यदूत नवराज पोखरेल, नेपाल संगीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानकी पूर्व विभाग प्रमुख चर्चित गायिका तथा अभिनेत्री प्राज्ञ कविता आले, नेपाल प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्मा, वरिष्ठ साहित्यकार तथा लीलाबोधी चिन्तक कृष्ण धरावासी, भारतीय साहित्य अकादेमीका पूर्व सदस्य डा जीवन राना, भारतका वरिष्ठ कवि डा राजेन्द्र भण्डारी, साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारी, गजल प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष श्री लालकाजी श्रेष्ठलगायतको उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विश्वकवि तथा संस्कृतिविद् तुलसी दिवसद्वारा कार्यक्रमको सबल र दुर्बल पक्षहरूमाथि प्रकाश पार्दै भानुभक्तको बारेमा महासङ्घको ऐतिहासिक कार्यक्रम भन्दै कार्यक्रमको प्रशंसा गर्नु भयो । कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेले स्वागत मन्तव्य राख्नु भएको थियो भने सम्मानपत्र नेदरल्याण्डबाट केन्द्रीय सदस्य नवराज न्यौपानेले पाठ गर्नु भएको थियो । महासङ्घकी केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वाले इजरायलबाट कार्यक्रमलाई सञ्चालन गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले भारतबाट गर्नु भएको थियो ।





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!