धरान । शुक्रबार जन्म दिनलाई यातायात मजदुर नेता लक्ष्मी बाँनियाले पुर्वाञ्वाल ज्ञान चक्षु धरानमा मनाउनु भएको छ ।
बानियाँले त्यहाँ अध्ययनरत विधार्थीलाई खाना खुवाई विद्यालयलाई कर्सी प्रदान गरेर जन्म दिन मनाउनु भएको हो । जन्म दिनको अवसरमा ७० जना भन्दा वढी विद्यार्थीलाई विहानको खाना खुवानउनु भएको थियो भने विद्यार्थीको लागि सञ्चालन गरेको किचनको लागि ५० थान कुर्सी प्रदान गर्नु भएको छ ।
विद्यालयको प्रधानाध्यापक प्रमोद भण्डारीलाई कुर्सी हस्तान्तरण गरिएको थियो । प्रधानाध्यापक भण्डारी सहित विद्यार्थीहरुले विद्यालयका विद्यार्थीको लागि भनेर आफ्नो जन्मोउत्सवमा सहयोग गरेको प्रति धन्यावाद दिनु भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य समेत रहेका बानियाँले फजुल खर्च गर्नु भन्दा विद्यार्थीको लागि भनेर सहयोग गरि आफ्नो जन्मोत्सव विद्यार्थीसँंगै मनाएको वताउनु भयो ।
उहाँले भन्नु भयो,‘पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा अध्ययन गर्ने विद्यार्थीसँगै जन्मोत्सव मनाउनु पाएँ,खुशी छु,यसैगरि विद्यालयका विद्यार्थीको लागि १५ बोरा चामल समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु। ’
उहाँको जन्मोत्सवमा शुभकामना दिनको लागि धरान उपमहानगरपालिका अन्र्तगतको सामाजिक विकास शाखा संयोज सिर्जना नेपाल,शिक्षा शाखा प्रमुख गणेश खतिवडा, नेकपा एमाले धरानका इन्चार्ज नारायण सुवेदी, कलाकार नविन मेन्याङ्बो लगायतको उपस्थित रहेको थियो ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!