काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि पूरक परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।
कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिवार र ७ गते आइतवार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि पूरक परीक्षा असोज ९ गते मङगलवार र १० गते बुधवार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा जनाइएको छ ।
विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी छ सय रुपैयाँका दरले हुन आउने रकम बुझाइसक्न पनि जनाइएको छ।
यसैगरी त्यस अवधिभित्र रकम जम्मा गर्न छुटेका विद्यार्थीले यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी एक हजार दुई सय रुपैयाँ बुझाइ सम्बन्धित विद्यालयमार्फत् भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!