काठमाण्डौं । सदस्यता विस्तार, नविकरण वृद्धि र कमिटी थप गर्ने उद्येयसहित नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले कार्यथलो अभियान सुरु गरेको छ । असोज ६ गतेदेखि सुरु अभियानको समापन मंसिर ३० गते हुनेछ ।
देशैभरीका प्रत्येक पालिकाको बसपार्क, सवारीसाधन चल्ने रुटहरु, सवारीसाधन मर्मत गर्ने वर्कशप, सवारीसाधन थन्क्याउने ग्यारेज तथा फलफूल तरकारी गोदाम एवम् मण्डीहरुमा केन्द्रीत गर्दै संगठनका देशै भरीका कमिटीहरु तथा नेतृत्व परिचालन हुने संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनु भयाे ।
शनिबार देशैभरी एकसाथ अभियानको शुभारम्भ भएकोछ । सातवटै प्रदेशमा यातायात श्रमिकहरुको कार्यथलो, सार्वजनिक स्थान, बसपार्क तथा चोकहरुमा संगठनले कार्याक्रमको आयोजना गरि अभियानको शुभारम्भ गरेको हो ।
अभियानले इकाई तहका नेतृत्वमा संगठनका आधारभूत ज्ञान बारे जानकारी हुने, कार्यथलोका श्रमिकहरुका समस्याको पहिचान हुने, नेतृत्वबीचको विवादहरुको समाधान हुने कमिटीहरुबीचको अन्तर्विरोध समाधान हुने, नेतृत्वको भूमिकाका बारे स्पष्टता आउने नेतृत्वमा वैचारिक, राजनीतिक र संरचनागत स्पष्टता हाँसिल हुने अपेक्षा गरिएको अध्यक्ष राईले बताउनु भयाे ।
त्यस्तै संगठनमा युवा र महिला नेतृत्वको विकास हुने, संगठन सुदृढ हुनुका साथै नेतृत्व एकताबद्ध हुने, अनुशासित नेता कार्यकर्ताको वृद्धिसंगै श्रम आन्दोलन बलियो हुने अपेक्षा गरिएको राईले बताउनु भयाे ।
अभियानको प्रतिनिधि, अभियन्ता र अनुगमन
तीन महिने अभियानमा केन्द्रीय कमिटीका सम्पूर्ण नेताहरु, केन्द्रीय प्रतिनिधिका रुपमा परिचालित हुनेछन्, प्रदेश कमिटीका नेताहरु अभियन्ताका रुपमा परिचालित हुनेछन् । केन्द्रीय प्रतिनिधि र अभियन्ताहरु सम्बन्धीत प्रदेश, जिल्ला, पालिकामा परिचालन हुनेछन् । अभियानको अनुगमन र निरिक्षण गर्नेछ जिफन्ट प्रदेश कमिटी र संगठनको प्रदेश इन्चार्जको टिमले गर्नेछन् ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!