धरान । हरेक वर्ष सुनसरीको बराहक्षेत्रमा हरिबोधनी एकदशीको अवसर पारेर मेला लाग्दै आएको छ । यो वर्ष पनि हरिवोधनी एकादशीको दिन अर्थात मंशीर ७ गतेदेखि शुरु भएको मेला मंशीर १२ गते सकिँदैछ ।

हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको बराहक्षेत्र धाममा लाग्ने हरिबोधिनी एकादशी मेला प्रसिद्ध छ । हरिबोधिनी एकादशी मेलाको महत्व बढ्दै गएको बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताउनु भएको छ । गत साल भन्दा यो वर्ष मेलामा तीर्थ यात्रीहरु वढी आउने अपेक्षा गरिएको आयोजकको दावी रहेको छ ।
हरेक दिन आउने तीर्थ यात्रीहरुको आँकडालाई हेर्ने हो भने ४ लाख भक्तजनहरु आउने श्रेष्ठको दावी रहेको छ । एकादशीको अवसरमा लाग्ने मेलामा नेपालबाट भन्दा वढी भारतदखि तीर्थ यात्री आउने गरेको वताइएको छ । भारतीय तीर्थ यात्रीहरुले दिनानु दिन बराहक्षेत्र परिसर भरिभराऊ हुने गरेको छ । भारतको पश्चिम वंगाल,कलकत्ता,डिल्ली , विहार लगायत नेपालका विभिन्न स्थानबाट तीर्थ यात्रीहरु आउनेृ गरेको मेला व्यवस्थापन समितीले जनाएको छ ।

मन्चका अध्यक्ष श्रेष्ठका अनुसार नेपालमा भन्दा भारतका हिन्दु धर्मालम्वीले वढी एकादशीको मेलालाई महत्व दिएर आउने गरेको वताउनु भयो । उहाँले भन्नु ,‘एकादशी मेलाको महत्व भारतीय हिन्दु धर्मालम्वीलृे वढी वुझेको पाइयो,जस्ले गर्दा हरेक वर्ष नेपाली सहित भारतीय तीर्थ यात्रीको आगमन हुने गरेको छ,हामीले बराहक्षेत्रमा लाग्ने मेलालाई अझै सु–व्यवस्थित वनाउनको लागि हर प्रयासमा रहेका छौ,यसपाली पनि मेला व्यवस्थापन समितीले तीर्थयात्रीहरुलाई कुनै समस्या हुन नदिनको लागि अहोरात्री लागि परेका छौ ।’
शास्त्रीय प्रमाणहरुको आधारमा वराहक्षेत्रमा हरेक वर्ष कात्तिके मैलाको नाममा ठुलो एकादशीका दिन देखि पुर्णिमा सम्म ५ दिन मेला लाग्ने वराहक्षेत्रका पण्डीत योगेस भण्डारीले वताउनु भएको छ ।उहाँका अनुसार माघे मेलामा कोवा कौशिकिको संगम स्थलमा गएर स्नान गर्ने परम्पता रहेको छ भने हरिबोधिनी एकादशी मेलालाई भगवान बिष्णुको महिमासंग जोडिएको छ ।
हरेक दिन आउने भारतीय तीर्थ यात्रीहरु रातभरी वराहक्षेत्र मन्दिरमा वास वस्ने गरेका छन् । रातभरी बास वसेर भोली विहान कोशीमा स्नान गरि मन्दिरमा पुजा पाठ गरी फर्कने गरेका छन् । मेला व्यवस्थापन समितीले तीर्थ यात्रीको लागि सुरक्षा प्रवन्ध सहित वसोवासको लागि व्यवस्था गरेको भनिएपनि तीर्थयात्रीहरुले भने वस्ने व्यवस्थाको असुविधा भएको गुनासो गरेका छन् ।
विहारबाट आउनु भएको हरिहर शाहले आफु हरेक वर्ष एकादशी मेलामा आजभन्दा १० वर्ष अघिदेखि आउने गरेको तर व्यवस्थापन पक्ष कमजोर भएको गुनासो गर्नु भएको छ । उहाँले भन्नु भयो,‘मन्दिरमा रातभरी वस्छौ,सुत्नको लागि धर्मशालामा जाँदा पनि सुत्ने ठाउँ छैन भन्दै खेदाउँछन्,सुत्ने व्यवस्था छैन,हामी ८ जनाको परिवार आएको हो, रातभरी नै जाग्राम रुखको छहारीमा रात बिताउनु पर्यो।’




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!