धरान । माछापुच्छ्रे बैंकका ग्राहकले धरानस्थित विजयपुर हस्पिटल प्रालिमा स्वास्थ्य सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी सम्झौता विजयपुर हस्पिटल र माछापुच्छ्रे बैंकको धरान शाखाबीच भएको हो।
सम्झौताअनुसार बैंकका ग्राहकले मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्रेडिट कार्डमार्फत डिजिटल भुक्तानी गर्दा हस्पिटलमा उपलब्ध स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन्।
सम्झौतापत्रमा विजयपुर हस्पिटलका अध्यक्ष डा। पंकज खतिवडा र माछापुच्छ्रे बैंक धरान शाखाका प्रमुख होमराज अधिकारीले बुधबार हस्ताक्षर गर्नु भएको छ ।
बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले गरिएको यस सम्झौताले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै ग्राहकलाई स्वास्थ्य उपचारमा आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!