धरान । हर्दिया, कन्या पोखरी सडक निर्माणको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सरिन तामाङले नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य तथा धरान उपमहानगर पालिकाकी निवर्तमान उप प्रमुख मञ्जु भण्डारी माथि सामाजिक सज्जालको दुरुपयोग गर्दै लगाएका आरोपप्रति ध्यानाकर्षण भएको पार्टीले जनाएकाे छ ।
सामाजिक सञ्जालमा आएर गलत कुरा बोल्दै समाजलाई समेत दिग्भ्रमित पार्ने फोहोरी मानसिकता बोकेर प्रत्यक्ष सरोकार नभएको विषयमा भ्रष्टाचार गरेको भनी पार्टी र पार्टीका नेतालाई जोडेर गरिएका टिप्पणी माथि आपत्ति भएकाे उपमहानगर कमिटीका अध्यक्ष हर्कजंङ एभेङले साेमबार विज्ञप्ति जारी गरि जनाउनु भएकाे छ ।
नेकपा एमालेकै पहल र प्रयासमा कोसी प्रदेश सरकारको ग्रामीण सडक योजना अन्तर्गत धरान हर्दिया सडक आर्थिक वर्ष २०७६/७७ बाट कोसी प्रदेश सरकारले सुरु गरेको पार्टीले जनाएकाे छ । 'उक्त सडक निर्माणको बजेट, इस्टमेटसहित ठेक्का प्रक्रिया सबै प्रदेश सरकारले नै गरेको हो । यसमा स्थानीय सरकारले समन्वयकारी भूमिका मात्र निर्वाह
गर्न सक्ने कुरा जानकारी गराउन छौ । प्रक्रियाका आधारमा यस्ता बहुबर्षिय योजनाहरूमा कामको आधारमा भुक्तानी हुने नीतिगत व्यवस्था रहेको हुन्छ ।'- विज्ञप्तिमा भनिएकाे छ- 'सामाजिक सञ्जालमा ४४ करोड भ्रष्टाचार गरेको भनी लगाइएको आरोप प्रमाणित गर्न समेत रास्वपा र रास्वपाकी सरिन तामाङ लाई चुनौती समेत दिन चाहन्छौ ।'
उक्त सडकलाई पारदर्शी ढङ्गमा छिटो निर्माण सम्पन्न गर्न अहिले पनि नेकपा एमालेका नेता,संसदहरु लागि परेको पार्टीले दावी गरेकाे छ । एमालेबाट निर्वाचित संसद् रमेशकुमार बस्नेतले संसदमा बारम्बार यस विषयमा ध्यानाकर्षण गराएको जनाइएकाे छ ।अध्यक्ष एभेङ्ले सार्वजनिक रूपमा सामाजिक सञ्जालको दुरुपयोग गरी झुटा आरोप तथा चरित्र हत्या गर्नेलाई तत्काल कारबाही प्रशासन समक्ष माग गरेकाे छ ।
यस अघि प्रतिनीधि सभा सदस्यकाे उम्मेद्वार रहनु भएका सरिनले केही दिन अघि सामाजिक सञ्जालमा भ्रष्टाचार गरेकाे आराेप लगाउनु भएकाे थियाे ।




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!